हङकङद्वारा नेपाललाई २१५ रनको लक्ष पेस

0
Shares

काठमाडौं,
बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट हङकङले नेपालसामू २१५ रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर व्याटिङगरेको हङकङले निर्धारित ५० ओभरमा २१४ रन बनाउन सफल भएको छ ।

नेपाल अब केहि बेरमा जबाफी ब्याटिङमा उत्रिने छ ।

नेपालको लागि यो तेस्रो खेल हो र नेपाल एसिसी इमर्जिङ कपबाट बाहिरिई सकेको छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटकोपराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो।