इरफानलाई एक वर्षको सजाय

0
Shares

कराची, (एजेन्सी)
पाकिस्तानका फास्ट बलर मोहम्मद इरफान एक वर्षका लागि मार्च १४ देखि लागू हुने गरी सबै फरम्याट क्रिकेटबाट निलम्बित भएका छन्।

पाकिस्तान क्रिकेट बोर्डले म्याचफिक्सिङमा संलग्न दोषी पाएपछि उनलाई निलम्बन गरिएको हो। पाकिस्तान सुपर लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पाँच पाकिस्तानी खेलाडी निलम्बनमा परेका थिए। जसमध्ये शर्जिल खान र खालिद लतिफ अस्थायीरुपमा प्रतिबन्धमा परेका छन् भने जुल्फिकार बाबर र शाजेश हसनमाथि एन्टी करप्सनको टोलीले सोधपुछ गरिरहेका छन्।

इरफानले पाकिस्तानको राष्ट्रिय टोलीबाट चार टेस्ट, ६० ओडीआई र टी–२० खेल खेलका थिए। उनले अन्तिम पटक ओडीआई खेल सेप्टेम्बर २०१६ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए। एक वर्षको सजाय दिए पनि एन्टी करप्सनको टोलीले उनीमाथि फेरि अनुसन्धान गरिनेछ। उनलाई १ लाख पाकिस्तानी रुपियाँ जरिवाना पनि तिराएको थियो।