‘सूचना अधिकारी नै सूचनाबाट वञ्चित’

0
Shares

गोरखा, १४ चैत । राष्ट्रिय सूचना आयोगले गोरखाका विभिन्न कार्यालयका प्रमुख र सूचना अधिकारीलाई आज सूचनाको हकसम्बन्धी अभिमुखीकरण दिएको छ ।

प्रजिअ जितेन्द्र बस्नेत, स्थानीय विकास अधिकारी नारायण आचार्यलगायत कार्यालय प्रमुखको सहभागितामा अभिमुखीकरण सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले प्रत्येक नेपाली नागरिकले सूचना माग्ने अधिकार संविधानमा नै उल्लेख छ भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले नागरिक तथा पत्रकारले मागेका सूचना सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले उपलब्ध नगराउने प्रवृत्ति रहेकामा गुनासो गर्दै सूचना अधिकारी नै सूचनाबाट वञ्चित रहँदा समस्या झेल्नुपरेको बताउनुभयो । रासस