रोनाल्डो पोर्चुगिज वर्ष खेलाडी

0
Shares

लन्डन, (एजेन्सी)
स्पेनिस क्लब रियल मेड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित भएका छन्।

गत जनवरीमा ‘बालोन डि ओर’ र फिफा वर्ष खेलाडीबाट सम्मानित भएका ३२ वर्षीय रोनाल्डोले यस वर्ष पोर्चुगलको सर्वोत्कृट खेलाडीलाई प्रदान गरिने ’ गाला क्विनास डे ओरा’ अवार्डमा पनि आफ्नो नाम लेखाएका हुन्।

राजधानी लिस्बनमा सोमबार राति सम्पन्न विशेष समारोहमा रोनाल्डोले आफ्नै क्लब रियल मड्रिडका पेपे र स्पोर्टिङ लिस्बनका गोलरक्षक रुइ प्याट्रिसियोलाई उछिनेका हुन्। सन् २०१६ मा आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट सिजन बिताएका रोनाल्डोले पोर्चुगललाई युरोकपको उपाधि दिलाउनुका साथै रियल मेड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

यसै गरी बायर्न म्युनिखबाट खेल्ने पोर्चुगलका रेनाटो सान्चेजले’ रेभेलेसन अवार्ड ’ हात पारे। पोर्चुगलको २१ वर्ष मुनिको फुटबल टिमबाट उत्कृष्ट प्रदर्शन गरेकाले रेनाटो उक्त अवार्डका हकदार बनेका हुन्। यसै गरी पोर्चुगललाई ऐतिहासिक युरोपियन कप दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका फर्नान्डो सान्तोस पोर्चुगलको वर्ष प्रशिक्षक घोषित भएका छन्।

सेच नवौपटक वर्ष खेलाडी
इंग्लिस क्लब आर्सेनलका गोलरक्षक पिटर सेच लगातार नवौपटक चेक रिपब्लिकका वर्ष खेलाडी घोषित भएका छन्।राजधानी प्रागमा भएको कार्यक्रममा जर्मन क्लब हर्था बर्लिनका भ्लादिमिर दारिदा र बोरेक डोकललाई पछि पार्दै उनले यस वर्षको वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्। गत वर्ष फ्रान्समा सम्पन्न युरो कपपछि सेचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन्। ३४ वर्षीय सेचले चेक रिपब्लिकका तर्फबाट कीर्तिमानी १ सय २४ म्याच खेलेका छन्।