आर्सेनल र म्यानचेस्टर सिटी सेमिफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग क्लबहरू आर्सेनल र म्यानचेस्टर सिटी इंग्लिस एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा ननलिग क्लब लिंकन सिटीलाई ५–० ले हराउँदै आर्सेनल सेमिफाइनलमा प्रवेश गरेको हो। खेलमा आर्सेनललाई विजयी दिलाउन ठियो वाल्कोटले पहिलो हाफको इन्ज्युरी समयमा गोलको खाता खोलेका थिए। यस्तै ५३औं मिनेटमा ओलिभर गिरौडले आर्सेनलको अग्रता दोब्बर पारे। खेलको ५८औं मिनेटमा लिंकन सिटीका वाटरफलले एक आत्मघाती गोल उपहार दिएपछि आर्सेनलको गोलसंख्या ३ पुगेको थियो। यस्तै ७२औं मिनेटमा अलेक्सिस सान्चेजले चौथो गोल गर्दा आरोन राम्सेले खेलको ७५औं मिनेटमा आर्सेनलको तर्फबाट पाँचौं गोल सम्भव पारे।

शनिबार राति नै भएको अर्को खेलमा मिडिल्सब्रोलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। खेलको तेस्रो मिनेटमै डेभिद सिल्भाको गोलबाट म्यानचेस्टर सिटीले खेलमा शुरूआती अग्रता लिएको थियो। यस्तै खेलको ६७औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।