स्पेस एक्सले दुई यात्रीलाई चन्द्रमामा पुर्याउने

0
Shares

लस एन्जलस, (एजेन्सी)
अमेरिकाको एउटा निजी अन्तरिक्ष कम्पनीलाई दुई जनाले चन्द्रमा यात्राका लागि पैसा दिएको छ। स्पेस एक्सका सीईओ एलन मस्कले उक्त कुराको जानकारी दिएका हुन्।

कम्पनीको योजनामा सन् २०१८ को अन्त्यसम्ममा चन्द्रमाको यात्रा गराउने लक्ष्य रहेको छ। मस्कले इच्छुक यात्रीले यसका लागि पर्याप्त रकमसमेत जम्मा गराएको बताए।

उनले भने– ‘४५ वर्षमा यो पहिलो अवसर हुनेछ, जब मानव अन्तरिक्षको गहिराइमा पुग्नेछ।

यद्यपि अहिलेसम्म चन्द्रमाको यात्राका लागि पैसा बुझाउने ती दुई यात्रीको पहिचान भने खुलाइएको छैन। चन्द्रमाको यात्राका लागि प्रयोग हुने भनिएको अन्तरिक्ष यानको पहिलो परीक्षण यसै वर्षको अन्त्यसम्ममा हुने जनाइएको छ। उक्त अन्तरिक्ष यानलाई पहिलो चरणमा मानवरहित अन्तरिक्षमा पठाइनेछ।

एलेन मस्कले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सहयोगबिना यो सम्भव नहुने बताएका छन्। तर, नासाले स्पेस एक्सको उक्त घोषणालाई उक्त अवधिसम्ममा सम्भव नहुने संकेत दिइसकेको छ।

दुई यात्रीका विषयमा मस्कले आफ्नो उनीहरूसँग राम्रो चिनजान रहेको र उनीहरू हलिउडको नभएको बताए।