तीर्थ पहिलो स्थानमा

0
Shares

धरान, (नेस)
धरान रन पाँचौं नेवा च्यारिटी दौड प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत बागलुङका तीर्थ पुनले जितेका छन्।

नेपालकै सबैभन्दा ठूलो दौड प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तीर्थ पुनले निर्धारित दूरी ८ किलोमिटर २६ दशमलव ३ मिनेटमा पार गर्दै पहिलो भएका हुन्। उनले नगद ४० हजार, मेडल र प्रमाणपत्र पाए। त्यस्तै २६ दशमलव ३६ मिनेटमा निर्धारित दूरी पार गरेका नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो हुँदै नगद ३० हजार, मेडल र प्रमाणपत्र पाए। २७ दशमलव २७ मिनेटमा निर्धारित दूरी पार गर्दै आर्मीकै टीकाराज कटुवाले तेस्रो हुँदै नगद २० हजार, मेडल र प्रमाणपत्र पाए। यता महिला खुलातर्फ आर्मीकी सानुमाया कार्कीले निर्धारित दूरी ३४ दशमलव ३ मिनेटमा पार गर्दै प्रथम, ३१ दशमलव १३ मिनेटमा निर्धारित दूरी पार गर्दै सन्तोषी श्रेष्ठले दोस्रो र ३७ दशमलव ७ मिनेटमा पार गर्दै सीता न्यौपाने तेस्रो भइन्। उनीहरूले क्रमशः नगद ४०, ३० र २० हजारसहित मेडल र प्रमाणपत्र पाए।