रामायणमा दुई पात्र कैकेयी र विभूषण गज्जब लाग्छन् मलाई। रामको राज्यमा भएर पनि कैकेयी कहिल्यै सप्रिनन्। रावणको राज्यमा रहेर पनि विभूषण कहिल्यै बिग्रिएनन्। सुध्रनु र बिग्रनु आफ्नै सोच र स्वभावमा निर्भर हुन्छ। न कि अरूकोमा। मान्छेले आफ्नै जिन्दगीभित्र धेरै कैकेयीहरू, धेरै विभूषणहरू बोकेर हिँडेको हुन्छ। राम र रावण बोकेर हिँडेको हुन्छ। राम निकाल्ने र रावणलाई थिच्नेले नै परिणाम राम्रो निकाल्छ।
जन्मै मात्र केही हैन। असन उहिल्यैदेखि बजार हो। हजारौं जोर जुत्ताको बजारमै जन्मे पनि जुत्ता टालेर लाउने किशोर आज साठी वर्ष पुगेको छ। जीवनमा धेरै चामत्कारिक परिवर्तन लिएर। मैले महेशप्रसाद प्रधानको कुरा गर्न खोजेको।
आजको चर्चित ओम्नीका ल्याबरोटरिज प्रालिका महेशको गरिबी त कुलेलाम ठोक्यो ठोक्यो उनले आफूसँगै अरू धेरैलाई पनि आफूजस्तै बनाए। असनमा जन्मेका महेशका बाबु गौरी७१ वटा योजनाका लागि ६ करोड
भक्त प्रधान सामाजिक कार्यकर्ता बढी व्यापारी कम थिए। असनबाट चितवन गई सेरिकल्चर सिल्क इन्डस्ट्री खोली व्यापार गर्दा बाबु टाट पल्टे। भागदौडको यही जिन्दगीमा महेशले भीमनगर स्कुल चितवनमा स्कुल आरम्भ गरे। जुद्योदय मावि फेरि चितवन अनि पद्मोदय हुँदै २०२९ मा उनले एसएलसी दिए। पढ्दा किताब कापी नभएको कुरा सामान्य थियो।
मध्य तन्नेरीको उमेरमा उनलाई फ्रस्टेसन भयो। टालेको जुत्ता लगाउनुपर्ने, लुगा फेर्न नपाउने। भाइहरू तीन जना, एक बहिनी बाबु आमा घर हे¥यो घर बेहाल। आफू हे¥यो आफू बेहाल। खल्तीमा पैसा छैन। आफैंभित्रको स्वाभिमानले टोकिरहँदा क्याम्पस छाडे। एक्लै हुँदा तनावैतनावले उनलाई बेस्कन गाँज्यो। खेलले पनि डिप्रेसन भाग्दो रहेछ। उनको यही अनुभव छ। निराश अवस्थामा बसेका उनलाई हकीले बचायो। पूर्वआईजीपी खड्गजित बरालले हकी संघको सहमहासचिव भएर हकी टुर्नामेन्ट चलाऊ भनेपछि स्कुल कलेज टोलटोलमा उनले धेरै टुर्नामेन्ट गराए। कति बेला डिप्रेसन हराएछ उनलाई नै थाहा भएन।
पढांै घर चलाउन गाह्रो
घर चलाऊँपढ्न गाह्रो।
महेशको आमा जहिल्यै खाना पस्कँदा रुने गर्थिन्– ‘मैले मेरा छोराछोरीलाई भात खुवाउन सकिन भनेर।’ धान नभएर सात महिना पान रोटीले मात्र बिताएको समयको कुरा हो यो। आमाको आँशुले उनको छातीभरि आँशु हुन्थ्यो। बाहिर निक्लँदैनथ्यो। जागिरको खोजीमा खुब भौंतारिए। कहीं पाएनन्। बल्ल चार सयमा मेडिकल रिप्रिजेन्टको काम पाए। काम गरेको ठाउँमा तीन÷चार महिना तलब दिन्थ्यो। तैपनि उनले छाडेनन्। झन् बढी मेहनत गरे। कलकत्तामा ट्रेनिङ गरेर आए। ६ सय आईसी पुग्यो। एक वर्षभित्रमा गोल्ड मेडल पाए। १२ सय पुग्यो। एरोनबाट एबटमा पुग्दा ६५ सय पुग्यो। समय बढ्दै जाँदा उनको तलब २५ देखि २८ हजार आईसी पुग्यो। भन्दैथे– ‘कर्मलाई सबैले सधैंका लागि थिच्न सक्दैन ४ सयबाट २८ हजार तलब पुग्नु मैले गरेको हार्ड वर्ककै परिणाम हो।’
सधंै नरमाइला दिन रहँदैनन्। उनको पनि भाइबहिनी हुर्के। सेटल हुँदै गए। रसियामा पढिरहेकी कस्तूरी श्रेष्ठसँग उनको लभ प¥यो। २०४१ सालमा उनले बिहे गरे। बिहेको दुई वर्षपछि जन्मेकी छोरी नम्रता प्रधान न्युरो साइक्रेटी पढ्न चाइना गएकी छन्। २०४५ मा जन्मेका जुम्ल्याहा छोरा निशान र सुशान आफ्नै काममा व्यस्त छन्। मेहनती महेशले बिहे गरेपछि वीर अस्पतालमा सत्यम फर्मा खोले। तीन चार वर्ष सत्यम, घर र जागिरमा गरी १७ घन्टासम्म काम गरेर गरिबीलाई राम्रैसँग हटाए।
डाक्टर भोला रिजाल, मधु घिमिरे, प्रकाश श्रेष्ठसँग मिलेर ओम चलाए। ओममा भाइलाई जिम्मा लगाए। पछि सिन्टेक्स पानी ट्यांकीको भारतीय डिलरमा अर्काे भाइलाई जिम्मा लगाए। भारतीय कम्पनीको सलाइन, हर्वलको भारतीय कम्पनीको डिस्ट्रिब्युयर्समा अर्काे भाइ सेटल भए। केही समय उनले जग्गा किन्दै बेच्दै गरे। त्यसले उनलाई थोरै पैसा बनायो। बीचमा एचआईभी एड्सको अमेरिकन प्रोजेक्टमा काम गरे। चार वर्ष त्यहाँकाम गरिसकेपछि २०५५ सालमा उनले ओम्निकामा शुरू भयो। साथीहरूले उनलाई नै एमडी बनाए। तीन वर्षमा बन्ने फ्याक्ट्री उनले डेढ वर्षमै बनाए। इच्छा शक्तिमा ऊर्जा हुन्छ। भित्री इच्छाले मान्छे थाक्दैन। उनी पनि थाकेनन्। बिहानदेखि रातरातभर उनी काम गर्न थाले।
जब ओम्निकामा फूल फुल्न थाल्यो। माओवादीले घेर्न थाले। एकातिर माओवादी अर्काेतिर पाँच बक्स औषधी बेच्दा पाँच बक्स फ्रिको आतंक थियो। माओवादीसँग पनि लड्ने पाँच बक्स फ्रि पनि नदिने महेशको योजना सुनेर साथीहरू डराउँथे। सरकारलाई फेयर ट्याक्स तिर्ने। इमानदार बनेर काम गर्ने आफू त्यसैमा अड्न सकिन्छ भन्ने उनको सूत्रले काम ग¥यो। उनी सफल जीवनभन्दा सन्तुष्ट जीवन जिउन चाहन्छन्। सफलता अरूले नाप्ने गर्छन्। सन्तुष्टि आफैंले नाप्ने हो। आफ्नै हृदय र दिमागले। आफूलाई सफलभन्दा पनि सन्तुष्ट मान्छे भन्न चाहन्छन् महेश।
सरकारलाई फेयर ट्याक्स तिरेको प्रमाणपत्र उनले मिटिङ रुममै झुन्डाएका छन्। सधैं फेयर ट्याक्स तिर्छु भन्ने महेशलाई एकपल्ट यसले खुब फेयर ट्याक्सको ध्वाँस दियो। यसलाई चेक गरौं न त भनेर करका कर्मचारीले दुःखै दिन उनको अफिसमा आएछन्। सबै ढोका थुनेर चेक गर्दा केही नभेटिएपछि उनीहरू गएछन्। जागिरबाट रिटायर्ड भएका ती कर्मचारीलाई उनले बैैंककमा भेट्दाको कहानी सुनाउँदैथे।
‘तपाईं महेशजी हैन, तपाईंले करको ध्वाँस दिएकाले हामी दुःख दिन तपाईंकोमा कर चेक गर्न गएको तर सकेनांै चालीस वर्षको मेरो कर्मचारीको इतिहासमा तपाईं इमानदार लाग्यो’ –भावुक महेश उनले त्यसो भन्दा आफू तरक्कै आँशु आएको बताउँदैथे। चन्दा भनेर हैरान गर्ने माओवादीले आफूले दृणता लिएपछि कहिल्यै दुःख दिएनन्। भन्दैथे– ‘इमानदारमा चारैतिर औरा आउँदो रहेछ सपोर्ट छायाले पनि गर्दाे रहेछ।’
जिन्दगीभर औषधिमा काम गरेका उनका लागि औषधि कला हो। विज्ञान हो। शिक्षा संस्कृति सबै हो। उनलाई यो काम पहिलो भोकले गरायो अहिले सोखले गरायो। शान्त देखिने महेश कहिलेकाहीं नामअनुसारकै झोंक्की काम पनि गर्छन्। देशभक्त उनले साथीको भाइको बिहेमा खुब मीठो मिठाई खाएछन्। कसले बनायो भनेर भारतीय मारवाडीलाई भनेपछि मारवाडीले नेपाली ऐसा कर नहीं सकता भनेपछि किन नगर्ने भन्ने लाग्यो। यसलाई नेपालीले बनाएको नेपालमै खुवाउँछु भन्ने झोंकमा दूध सागर मिठाई पसल खोलेछन्। झोंकले खोलेको काम पनि लागेन। दुई पार्टनरहरूले छाडे। भएन अब भनेर भोक बनाए। सफल पार्नै पर्छ भन्ने भएपछि अहिले तीन वटा शाखामा ७० जनाले काम गरिरहेका महेश बताउँछन्।
महेश ह्याप्पी म्यान हुन्। इमानदारिता, नैतिकता लगनशीलता धैर्यता भए मान्छे खुसी हुन्छ। खुसी हुन स्वास्थ्य पनि चाहिन्छ। उमेर प्रदत्त केही रोग छैन उनमा। छिनमै रुन्छन्। छिनमै हाँस्छन्। आफ्नो संवेदना लुकाउँदैनन्। सबै परिवार आ–आफ्नो ठाउँमा ठीक छन्। अरूलाई गरेको मद्दतले पनि उनलाई खुसी बनाएको रहेछ। खुसी हुने धेरै कुरा महेशसँग छन्। र त उनी ≈याप्पी म्यानमै पर्छन्। सुनेथें– ‘दिनभर इमानदार काम गर्ने मान्छे रातभर मस्तले निदाउँछ।’ पल्ट्यो कि भुसुक्कै यो उनको अर्काे खुसीको पत्र रहेछ।
प्रतिक्रिया