रमेश समदर्शी, बिर्तामोड
हित्यकार डा. झमक घिमिरेलाई बुधबार झापाको बिर्तामोडमा तामझामका साथ अभिनन्दन गरिरहँदा झमक भने आपूmलाई असहज मानिरहेकी थिइन्। बढी भिडभाड मन नपराउने स्वभाव भएकाले हुनसक्छ, लम्बेतान कार्यक्रममा आपूmलाई अप्ठ्यारो महसुस गर्न पुगिन्।
बिर्तामोड नागरिक समाजले बिर्तामोडको कन्काई क्याम्पसमा आयोजना गरेको कार्यक्रममा आयोजकले अतिथिलाई एक–एक गर्दै मञ्चमा बोलाएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि गर्दै बाहिर रहेका अन्य व्यक्तित्वलाई पनि सम्मानस्वरूप नाम वाचन गरिरहँदा डा. झमकलाई असहज महसुस भएछ।
मञ्चको अग्रभागमा लस्करै प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, कार्यक्रमका संयोजक अरुण श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र आमा आशादेवीसँगै बसेकी थिइन् झमक। साथमा थिए अमेरिकन पाहुना प्रोफेसर डा. जेम्स थोमर लुइरा। कार्यक्रम सञ्चालकले नछुटाइ अतिथिलाई आसन ग्रहण गराइरहँदा. ‘हन, कति अतिथि हौ झमकले आफ्नो बायाँ खुट्टाले लेखेर आश्चर्य व्यक्ति गरिन्, ‘वाफ रे वाफ।
कार्यक्रम चलिरहँदा उनकी आमाले हाते झोलाबाट निकालेर दिएको कालो रङको उनकै डायरीमा उनले अचम्म मानिरहँदा खुट्टाको सहाराले लेखेको हेर्ने र फोटो खिच्नेको भीड नै लागेको थियो। अग्रभागको भीड हटाउन कार्यक्रम सञ्चालकले अनुरोध नै गरे। मनमा लागेको जिज्ञासा व्यक्त गर्न आमालाई उनले डायरी निकाल्न इशारा गरेकी थिइन्।
उनले अतिथिको आसन ग्रहणलाई लक्षित गर्दै थप लेखिन्, ‘त्यो मैले बुझेकी छु। उनको लेखाइमा पूर्णविराम लाग्न बाँकी नै थियो। उनले कसरी लेख्दी रहिछन्, अक्षर कस्ता होलान् ? भन्ने जिज्ञासा सबैमा थियो। मञ्चमा उक्लिन भने अतिथिबाहेक पत्रकारले मात्र पाए।
उनको लेखन भाव प्रस्ट हुन बाँकी नै थियो। डायरीमा अरु थप लेख्न खोज्दै थिइन्, ‘तर, नेपालीहरू…। यतिकैमा पत्रकारले फोटो खिचेको आभास मिलेपछि उनले औँलाको भरमा डायरीको गातालाई मिलाइन्। त्यो डायरी त्यही बन्द भयो।
उनले लेखेको शब्द यस्ता थिए, ‘हन, कति अतिथि हौ, वाफ रे वाफ ⁄ त्यो मैले बुझेकी छु तर नेपालीहरू…। बाँकी के लेख्न खोजेकी थिइन्। उनैलाई थाहा छ तर यति शब्द पढ्दा अनुमान भने गर्न सकिन्छ। सायद उनले नेपालीहरूको नाम मोह, अतिथि बन्ने होड, सम्मान पाउन गरिने चाकडी… यस्तै यस्तै व्यवहार ‘त्यो मैले बुझेकी छु भन्ने शब्दले इ·ित गर्न खोजेको हुनुपर्छ। कार्यक्रम सञ्चालक माधव कल्पितले कार्यक्रममा सय जनाभन्दा बढी नै अतिथि राखिएको बताए।
झमकलाई स–साना विद्यार्थीले आफ्ना मनका कुरा लेखेर राखेका थिए। थुप्रै जिज्ञासा राखे। केही जिज्ञासाका उत्तर उनले लेखेरै दिइन्। बाल्मीकि एजुकेसन फाउन्डेसनको कक्षा ९ मा अध्ययनरत अस्मिता मिजारले जिज्ञासा राखिन्, ‘तपाईंलाई साहित्यतर्फ जान किन इच्छा जाग्यो ? झमकले प्रेरणादायी जवाफ दिइन्, ‘लेख्दा लेख्दै इच्छा लाग्यो।
अस्मितालाई झमकको ‘ह्यान्डराइटिङ हेर्न मन रहेछ र उनले जिज्ञासा राखेको सुनाइन्। उनले भनिन्, ‘साहित्यमा कसरी इच्छा जाग्यो भनेर सोध्ने मन थियो। अस्मिता मात्र होइनन् आफ्ना जिज्ञासा अगाडि सार्ने विद्यार्थी। सोही स्कुलकी सविना राईले पनि मनको कुरा पठाउन खोजिन्, ‘ मेरो प्रेरणाको स्रोत तपाईं झमककुमारीलाई मेरो मुटुदेखि नै हजुरलाई न्यानो अभिवादन।
तर, उनीहरूको लेखौट झमकसमक्ष पुग्न सकेन। कार्यक्रम चलिरहेकाले व्यवधान खडा होला भन्ने अभिप्रायले उनीहरूको भावना बीचमै रोकियो। अन्य विद्यार्थीले पनि कागजका टुक्रामा लेखेर ठीक पारेका थिए, ‘हजुर मेरो प्रेरणाको ठूलो व्यक्ति हो, ‘तपाईंले साहित्यको क्षेत्रमा आफ्नो कदम अगाडि बढाउन कोबाट प्रेरणा प्राप्त गर्नुभयो, ‘मेरी प्रेरणाकी धनी आज म हजुरलाई भेट्न पाउँदा असाध्यै खुसी छु।
उनको लेखाइ, अक्षर हेर्ने क्रममा सर्वप्रथम कार्यक्रम सञ्चालक लीला अनमोलले ‘म लीला अनमोल भनेर लेखी पठाएकी थिइन्। झमकको जवाफ यस्तो थियो, ‘यहाँलाई म राम्ररी चिन्छु तर यसरी प्रत्यक्ष चिनेकी थिइनँ।
बीबीसीका पत्रकार उमाकान्त खनालले पनि आफ्नो परिचय दिँदै लेखेर पठाए, ‘तपाईंसँग भेट्ने रहर थियो, आज पूरा भयो। झमकले ‘धन्यवाद लेखेर पठाइन्। त्यस्तै, अर्का पत्रकार टीकाराम नेतिले सूर्योदय टेलिभिजनमा लैजाने चाहना राख्दै लेखेको अनुरोधमा झमकले यसरी जवाफ फर्काइन्, ‘कयचचथ, म घर फर्किनु छ।
प्रतिक्रिया