सातौंका पदक विजेता सम्मानित

0
Shares

काठमाडौं, (नेस)
पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पदक जित्न सफल काठमाडौंका खेलाडीलाई काठमाडौं खेलकुद समाजले शुक्रबार सम्मान गरेको छ। ९३ खेलाडीलाई सम्मान गरिएको समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री) ले जनाएका छन्। काठमाडौंकै ९ जना प्रशिक्षक पनि सम्मानित भए।

कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा भएको कार्यक्रममा उनीहरूलाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, शान्तिमन्त्री सीतादेवी यादवलगायतले सम्मानपत्र र टिसर्ट प्रदान गर्नुभएको थियो।