भक्तपुरमा राष्ट्रिय क्रिक्रेट

0
Shares

भक्तपुर, (नेस)
नेक्सस क्रिक्रेट एकेडेमीले नेक्सस कप अण्डर १६ अन्तर एकेडेमी टी–ट्वान्टी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको आयोजना गर्ने भएको छ।

रफत सञ्चार क्लब भक्तपुरमा एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक भरतकुमार शाहीले प्रतियोगिता लिग तथा नकआउटको आधारमा सञ्चालन हुने बताए। प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिक्रेट एकेडेमी तथा क्लबमध्येबाट ३२ टिमको सहभागिता रहनेछन्।

प्रतियोगिता पहिलो हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख नगद पुरस्कार दिइनेछ। त्यस्तै म्यान अफ द सिरिजलाई २० हजार, इमरजिङ खेलाडीलाई १५ हजार, उत्कृष्ट बलर र ब्याटसम्यानलाई १०⁄१० हजार नगद दिइनेछ। कुल ५८ लाख रुपियाँको लागतमा सम्पन्न हुने प्रतियोगिता आगामी चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदानलगायत तीन ठाउँमा हुनेछन्।