क्यामरुन फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० गोलअन्तरले हराएर फाइनलमा स्थान पक्का गरेको हो। पहिलो हाफसम्म दुवै टोली गोलविहीन बनेको उक्त खेलको ७२औं मिनेटमा मिचेल गाजुडुंईले क्यामरुनका तर्फबाट पहिलो गोल गरेका थिए। यस्तै खेलमा थपिएको इन्जुरी समयको तेस्रो मिनेटमा काउन्टर अट्याकमार्फत उपलब्ध अवसरमा क्रिस्चियन बासोगगले गोल गर्दै क्यामरुनको गोल संख्या दुई पुर्याए।

जितसँगै क्यामरुनले इजिप्टसँगको फाइनल भिडन्त तय गरेको छ। यता शनिबार हुने तेस्रो स्थानको खेलका लागि घानाले बुर्किनो फासोको चुनौती पाएको छ। अफ्रिकी महादेशको सबैभन्दा सफल टोली इजिप्टले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई टाइब्रेकरमा हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।