बिमारी भएका गुरुलाई भेटे प्रधानमन्त्रीले


काठमाडौं, (नेस)।
नेकपा–मसालका महामन्त्रि मोहनविक्रम सिंह स्वास्थ्य अवस्थामा खराबी आएपछि अस्पतालमा भर्ना हुनुभएको छ । लगातार ज्वरो आएपछि उहाँलाई ग्राण्डी अस्पताल टोखामा भर्ना गरिएको पारिवारीक स्रोतले बताएको छ ।

उपचारका त्रममा सिंहलाई फोक्सोमा पानी जमेको, अल्सर लगाएतका समस्या देखिएको चिकीत्सकहरुले जनाएका छन् । यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना गुरु महामन्त्री सिंहलाई आज विहानै भेट्नुभएको छ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंहको स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै उपचारका लागी लाग्ने खर्च सरकारको तर्फबाट व्यहोरीने आश्वासन दिनुभएको थियो । सिंह ८२ वर्ष पुगी सक्नुभएको छ ।

उहाँलाई आजै नेकपा–माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष बामदेब गौतमले अस्पतालमै पुगी भेट्नुभएको सिंहकी श्रीमति दुर्गा पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।