इंग्ल्यान्डले भारतलाई हरायो

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
कानपुरको ग्रीन पार्क स्टेडियममा बिहीबार खेलिएको पहिलो टी–२० खेलमा इंग्ल्यान्डले भारतलाई सात विकेटले हराएको छ।

१ सय ४८ रनको लक्ष्य पाहुना टोलीले तीन विकेटको क्षतिमा ११ बल बाँकी राखेर भेटाएको थियो।यजुबेंन्द्र चहलले एकै ओभरमा दुई विकेट लिएर भारतलाई खेलमा फर्काउने कोसिस गरे। तर इंग्लिस कप्तान इयान मोर्गानले ५१ रन बनाउनु र जोए रुट ४६ रनमा नटआउट रहनाले इंग्ल्यान्डले जित हात पारेको थियो। तीन खेलको टी–२० सिरिजमा इंग्ल्यान्डले १–० ले अग्रता लिएको छ।