मोहनको गीतमा वर्षा र रोशनको रोमान्स


गायक मोहन के राईले तिमीसँग बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। विभोर पोखरेलद्वारा निर्देशित म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन्।

शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ। आधुनिक पप शैलीको यो गीतको म्युजिक भिडियोलाई छायांकार अनिल मानन्धरले छायांकन गरेका छन्। ललितपुरको छम्पी गाविसको आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका छन्।

आमा कञ्चन राई र बुबा भैरवबहादुर राईका जेठो सन्तानको रूपमा इटहरीमा जन्मिएका गायक राई मेचीनगर काकडभिट्टाका स्थायी बासिन्दा हुन्। हाल काठमाडौंमा रहेर आफ्नै व्यवसायमा समेत आबद्ध भई सांगीतिक क्षेत्रमा समेत सक्रिय भइरहेका छन्। एक वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक राईले सांगीतिक कार्यक्रममा समेत सहभागिता जनाइसकेका छन्।