१३ तारिख, शुक्रबार अशुभ हुने मान्यता

0
Shares

लन्डन, (एजेन्सी)
यदि कुनै दिन अशुभ तिथिकै कारण केही काम गर्न रोक्नुहुँदै हुनुहुन्छ भने यस्तो गर्ने तपाई मात्रै हैन भन्ने पनि बुझ्नुहोस्। यस्तो एक विशेष दिनका लागि शब्दसमेत बनिसकेको छ। शुक्रबारको १३ तारिखलाई ग्रिक भाषामा ‘पारास्काभेदेकाट्रियाफोविया’ भन्ने गरिएको छ। होटेल चेन ट्राभलेजले गरेको एक सर्वेक्षणअनुसार बेलायतका झण्डै ७५ प्रतिशत वयस्कहरूले १३औं फ्राइडेमा आफूहरूले दुर्भाग्य भोगेको अनुभव सुनाउने गरेका छन्।

ठूला–ठूला व्यापारिक कम्पनीमा पनि १३ अंकप्रतिको घृणा र डर रहेको छ। बलियो अन्धविश्वासका कारण होटेलहरूमा १३औं तल्ला नियमित रूपमा छाड्ने गरिएको पाइन्छ। सन् २०१३ मा सोसाइटी अफ दि आइरिस मोटर इन्डस्ट्रिले ‘१३’ दर्ता नम्बरका कारण कार बिक्रीमा नकारात्मक प्रभाव पर्न सक्ने डरले दुई वर्षीय प्रणाली अपनाएको थियो।

पहिलो वर्षको कारको दर्ता १३१ र दोस्रो वर्षको कारको प्लेटमा १३२ लेखिएको थियो। त्यको एक मात्र कारण ‘१३’ अंकलाई छल्नुथियो। तर १३ तारिखको शुक्रबारलाई परम्परागत रूपमा किन सबैभन्दा दुर्भाग्यपूर्ण मानियो, त ? कसैले यो धारण बाइबलको कथाहरूसँग जोडिएको पनि भन्ने गरेका छन्। अन्तिम रात्रिभोजमा जिससलाई धोखा दिने व्यक्ति १३औं अतिथि थिए।

शुक्रबारकै दिन इभले एडमलाई ज्ञानको रुखमा फलिरहेको स्याउतर्फ आकर्षित गरेकी थिइन्। जिससलाई क्रसमा चढाइएको बेला यही दिन नोहाको समय ठूलो बाढी आएको थियो। प्राचीन इजिप्सियन पुस्तामा १३ लाई जीवनपछिको चरणसँग जोडिएकाले यसलाई अशुभ मानिएको उल्लेख गरिएको छ।

इतिहासले भने १३०७ को १३ अक्टोबरको शुक्रबार टेम्पलरका योद्धाहरूको पक्राउ पुर्जी जारी गरिएको त्यसपछि तिनीहरूलाई पक्रेर निर्मम यातना दिएर मृत्युदण्ड दिएको बताउँछ। सन् २०१७ मा जनवरी १३ र अक्टोबर १३ का दिन यही अशुभ भनिएको शुक्रबार परेको छ। तर स्पेनमा भने १३ तारिखको शुक्रबारका दिन जन्मनु बालबालिका लागि निकै शुभ मानिने गरेको छ।