कर्णालीको यस्तो गाउँ जहाँ कुनै छुवाछुत मानिदैन र महिनावारी बारिदैन


बिरबहादुर बम, मुगु ।
छाउपडिमा ११ दिन र अन्य पटकमा ५ दिन छुई भएको बखत घर पर सरी छाउँ गोठमा बस्ने चलन अन्त्य भने  मुगुको शोभा गाउँबाट भएको छ ।

हाम्रो देश जहाँ परापुर्व काल देखि कथाकथित धर्मका नाममा महिलाहरुले सुत्केरी र महिनावारी हुदा घर बाहिर असुरक्षित र कष्टकर बसाई गर्छन, जात जातीका नाममा मान्छेले मान्छेलाई छुदा पानी लगायत अन्य खानेकुरा  खाईदैन र घरभित्र सुनपानीले नुहाएर प्रवेश गरिन्छ ।

तर यही समाजमा यस्तो गाँउ पनि छ जहाँ यी कुनै कुरा गरिदैन महिलाहरु महिनावारी भएपनि घर भित्र बस्छन,पुजाआजा गर्छन, खानापानी गर्छन,सुत्केरी हुदा पोषिलो खानेकुरा खान पाउछन घर भित्र बस्छन । कथित दलित वा तल्लो जातको भनेर कहिल्य भेदभाव गरिदैन र संगै बसेर खाना खाईन्छ ।

मुगु जिल्ला सदरमुकाम गमगढीबाट ८ कोष टाढा रहेको रोवा गाविस वडा नं ७ मा पर्ने सोभा गाँउ जिल्ला कै नमुना गाँउको रुपमा परिचित हुदै आएको छ । १२६ घरधुरी रहेको तथा हिन्दु धर्मालम्बी रहेको यो गाँउ सम्भवत जिल्ला कै बढी घरधुरी भएको वडा पनि हो । यहाँ माथी उल्लेखित कुनै कुचलन तथा रिती रिवाज मानिदैन ।

गाँउका ७० बर्षिय धर्मदत्त बुढा जो सोभा गाँउका प्रख्यात देवता गुराका धामी हुन उनी समाजमा रहेका कुपरम्परा,सस्कृती,चलन उन्मुलनका लागी अगुवाई गरिरहेका छन । माओवादी दन्दकालमा दवावमा माओवादीले महिनावारी र सुत्केरी भएका महिलाहरुलाई घर भित्र बस्न लगाए ,खाना पकाउन र खुवाउन लगाए । शान्तिपछि दवावमा भएका यी कुरा वास्तवमा हाम्रा लागी तथा हाम्री चेलीबेटीका लागी उपयोगी रहे त्यो समयमा देवता रिसाएनन त्यसैले आफुहरुलाई त्यो दासत्व प्रथाबाट गाँउलाई माथी उठाउन आफु देउता भएपनि अग्रसर भएको र अहिले पुरै गाँउमा कुनै यस्ता प्रथा तथा चलन नरहेको बताउनु हुन्छ । देवी देवताले गाँउमा राम्रै गरेका छन मलाई त सर सफाई गरेमा देउता झन खुशी हुदा रहेछन जस्तो लाग्छ । अहिले गाँउका चेलीबेटीहरु महिनावारी र सुत्केरी हुदा सर सफाईमा बढी ध्यान दिन्छन उहाँ भन्नु हुन्छ ।

गाँउ मै रहेको निम्न माद्ययामिक तहको विद्यालयमा शिक्षक तथा स्थानिय भैरव बहादुर बुढा महिनावारी र सुत्केरी बारने मात्र हाईन गाँउमा जातिय विभेद हुदैन । झै झगडा हुदैन यदी भैहाले पनि मर्दा मलामी र जिउदा जन्ती यीनै गाँउले हुने भएकाले अडडा अदालती प्रकृयामा नगई गाँउ मै दुवै पक्षलाई मिलाईन्छ  भन्छन,जिल्लाका अन्य गाँउ बस्तिमा तल्लो जातका भनेर घर भित्र पस्न नदिने,छोएको नखाने र छोएमा सुनपानी शरिरमा छर्केर मात्र घर भित्र पस्ने कु चलन भएपनि आफनो गाँउमा यो कुनै नहुने बरु घरभित्र मित्रजन सम्झेर संगै बसी खाना गरेको बताउहनु हुन्छ ।

स्थानिय अगुवा तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मंगलसिंग सावत आफना ४ छोरी भएपनि घरमा कहिल्यै महिनावारी बार्ने नगरेको बताृछन । पहिला पहिला गाँउमा सजिलै लत्ता कपडा पाईदैनर्थे महिलाहरुलाई सुत्केरी र महिनावारी हुदा फेर्नेसम्म कपडा नहुदा लाजले घरबाहिर ७ देखि २१ दिनसम्म बस्थे फेरी त्यो बेला घरपसे वा खाना पकाए देउता रिसाउने अनिष्ठ हुने र बोट विरुवा छोए फल तथा विरुवा सुक्छ भनेर महिलालाई भनिथ्यो महिलाहरु डरले यी कृयाकलापहरु गदैनर्थे बरु दुख्खकष्ठ सहेर गोठ,ओडार बस्थे तर अहिले सबैमा चेतना आएको छ । सर सफाई गरेमा केही हुदैन भन्ने सबैले बुभलेका छन । गाँउ घरमा पनि सजिलै कपडा पाईन्छ चेलीबेटीहरु महिनावारी भएका  पत्तो नै हुदैन कपडा फेरेर सर सफाई गर्छन । गोठ,ओडारमा हाईन भान्सा तथा सुरक्षित कोठामा बस्छन भन्छन ।

स्थानिय साउनी बुढा मानिसको शरिरबाट आउने रगत सबै एउटै भएपनि त्यी महिला सुत्केरी र महिनावारी भएको बेला बाहेक शरिको कुनै अंग काटिएमा तथा चोटपटक लागेर रगत आएमा धामी झाग्री र डाक्टरलाई देखाउदा छुदा केही नहुने तर महिनावारी र सुत्केरी हुदा अछुत हुने यो सबै गाँउका धामी झाग्री,गाउले बुझेका छन त्यसैले आफुहरुले गाँउमा पहिला जस्तो सुत्केरी र महिनावारी हुदा बार्नु परेको छैन बरु आजभोली घरमा यो बेला दुध,दहि,मासु सागपात जस्ता पोषिला खानेकुरा पाउने गरेको बताउ छन उनी भन्छिन आजभोली त महिनावारी कहिले हुला जस्तो पो लाग्छ लामो हाँसो हासेर भन्छिन ।

सबै घरघरमा शौचालय छन । बाल बालिकाहरु विद्यालय जान्छन । विद्यालय बाहिर कोही बाल बालिका छैनन । जिल्ला भरीका २४ गाविसहरु मध्य जनजाती बसोबास रहेका ५ गाविसहरु मागी्र, पुलु, किम्री, डोल्फु र मुगु मा छाउपडी प्रथा र छुवाछुत प्रथा नभएपनि बाँकी अन्य क्षेत्री, ब्रामण र ठकुरीहरुको बाहुल्यता रहेका १९ गाविसहरुका बस्तिहरुमा छुवाछुत,छाउपपडी प्रथा व्याप्त रहेको छ ।