पूर्वराजाले राष्ट्रपतिलाई दिए बधाई


नेपाल समाचारपत्र
काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री निशाकुशुमको विवाह समारोहमा सोमबार सरिक हुनुभएको छ।
राष्ट्रपति भण्डारीको निम्ता मान्न उहाँ सोमबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शीतल निवास पुग्नुभएको थियो। उहाँले नवविवाहित वरबधुलाई आशीर्वाद पनि दिनुभएको शीतल निवास स्रोतले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्रले शीतल निवासमा राप्रपाका केही नेताहरूसँग सामान्य भेटघाट गर्नुभएको थियो। उहाँले राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग पनि सामान्य कुराकानी गरेको स्रोतको भनाइ छ। उहाँ शीतलमा निवासमा करिब २५ मिनेट बसी निस्कनुभएको थियो। उहाँले राष्ट्रपति भण्डारीलाई पनि छोरीको विवाहका लागि बधाई दिनुभएको थियो। राष्ट्रपति भण्डारीकी छोरीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसमक्ष भएको हो। यो भेटभाटले पूर्वराजपरिवारसँगको राजनीतिक तिक्तता मेटिने सम्भावना पनि बढाएको छ।