राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नयाँ भवन


नेपाल समाचारपत्र
काठमाडौं
स्वास्थ्यमन्त्री गगनकुमार थापाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नवनिर्मित नेशनल सेन्टर फर इनफेक्सियस डिजिज भवनको उट्घाटन गर्नुभएको छ। उहाँले अत्याधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला भवन निर्माण हुनु सुखद कुरा भएको बताउनुभयो। प्रयोगशाला सेवाको पूर्वाधारमा विकास तथा विस्तार सेन्ट्रलमा मात्र नभई रिजनल क्षेत्रमा पनि विस्तार हुनुपर्ने बताउनुभयो। उहाँले निजीस्तरमा नाम नै रजिष्टर नभई थुप्रै ल्याबहरू खोलिने क्रम जारी भएकाले यसमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यले ढिलै भए पनि छिटो, भरपर्दो तथा अत्याधुनिक प्रयोगशाला सेवा विस्तार गरेको बताउनुभयो। उहाँले यस प्रयोगशालामा थुप्रै नयाँ पूर्वाधारहरू थपिएको बताउँदै डाइग्नोस्टिक सर्भिसको अलावा सर्भिलेन्स, आउटबे्रक इन्भेस्टिगेसन, डिजिज मनोटोरिङ टेस्टसमेत गरिने बताउनुभयो। त्यसका साथै विभिन्न प्रकारका सरुवा रोग, महामारी रोग, वंशानुगत रोग पनि अत्याधुनिक तरिकाले परीक्षण हुने बताउनुभयो। त्यसै गरी, रक्त सञ्चार सेवालाई मध्यनजर गरी राष्ट्रिय रक्त सञ्चार ब्युरो पनि स्थापना गरेको बताउनुभयो।

त्यसैगरी, स्वास्थ्य विभागकी महानिर्देशक डा. पुष्पा चौधरीले विगत १०⁄१२ वर्षको प्रतीक्षापछि अत्याधुनिक प्रयोगशाला बनेकामो खुशी व्यक्त गर्दे चुनौती पनि थपिएको बताउनुभयो। प्रयोगशालाको आफ्नै महत्त्व रहेको बताउँदै उहाँले दक्ष जनशक्तिको अभाव अझै भएको र जनसमुदायलाई अझ सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो। कार्यक्रममा जनस्वास्थ्य प्रयोगशालाका विभिन्न पदाधिकारीहरूलाई सम्मान गरिएको थियो।