सोल ९दक्षिण कोरिया०, २८ पुस । दक्षिण कोरियाली न्यायाधिकारीहरुले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा त्तराधिकारी लि जाओ योङ्माथि बिहीबार सोधपुछ गरिएको छ ।
सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष लि र उनका छोरा सामसुङ ग्रुपका अध्यक्ष लि कुन हीको पनि भ्रष्टाचार मुद्दामा संलग्नता भएको आरोप थियो । उनीहरुलाई बिहीबार छानविनको दायरामा ल्याउन सोधपुछ सुरु गरिएको हो ।।
लिमाथि संसदीय सुनुवाइका क्रममा झुटो बयान दिएर सामसुङको घुसकाण्डबाट जोगिन खोजेको आरोप पनि रहेको योह्याप न्यूज एजेन्सीले जनाएको छ ।
आफूमाथि चासो व्यक्त गरी कोरियाली जनताबीच कानुनी छानविनको दायरामा ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै यस प्रकरणमा आफ्नो कुनै दोष नभएको,” लीले सोधपुछका क्रममा न्यायाधिकारीलाई बताएका योनह्यापले जनाएको छ ।
उक्त अवसरमा लि र उहाँका वकील अगाडि दर्जनौ कोरियाली नागरिक लिको पक्राउका माग गर्दै नारावाजी समेत गरिएको थियो । रासस÷एएफपी
––––––
प्रतिक्रिया