रितिशालाई उपाधि


सिन्डे«ला नेपाल २०१६ को उपाधि रितिशा कार्कीले जितेकी छन्। प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा राजधानीमा आयोजित प्रतियोगितामा आफ्ना ४४ स्पर्धीलाई पछि पार्दै रितिशाले उपाधि जितेकी हुन्।

रितिशालाई कार्यक्रमकी प्रमुख अतिथि फेसन डिजाइनर कल्पना योङ्हाङले ताज पहिराइदिएकी थिइन्। प्रतियोगितामा ९ देखि १३ वर्ष उमेरका ४५ जना बालिकाले अन्तिम स्पर्धा गरेका थिए। प्रतियोगितामा स्लेसा कार्की फस्ट र प्रमिति भण्डारी सेकन्ड रनर्सअप भएका छन्। रोजिन शाक्य र विपना थापाको कोरियोग्राफी रहेको प्रतियोगितामा कृतिका तामाङ मिस ट्यालेन्ट, अदिती भट्टराई बेस्ट ड्रेस र एन्जेलिना पराजुलीले फोटो जेनिक अवार्डलाई आफ्नो बनाए। त्यस्तै, क्रिस्था चापागाईं मिस चार्मिङ, अर्सिया मानन्धर मिस पर्सनालिटी, सुविना श्रेष्ठ बेस्ट स्किन, अस्मिता तामाङ बेस्ट हेयर, फुर्वा शेर्पा, मिस फ्रेन्डसिप र प्रेरणा नेपालले मिस डिसिप्लनको उपाधिलाई आफ्नो बनाए।

कार्यक्रममा द हाइल्यान्ड आर्ट तथा कल्पना ढाका बुटिकले तयार गरेको ढाका पहिरनमा ९ जना मोडलले क्याटवाक गरेका थिए। फेसन डिजाइनर कल्पना योङ्हाङले डिजाइन गरेको ती पहिरनमा मोडलहरूलाई मन्जु श्रेष्ठले र्याम्पमा उतारेकी थिइन्।

कार्यक्रममा मोडल तथा अभिनेतृ निशा पोमु र लक्ष्मी योङ्हाङले नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए भने मिक्स गीतमा निशाले गरेको फ्रिस्टाइल नृत्यमा दर्शक रमाएका थिए।