आलोकश्रीको सांगीतिक बाटो सार्वजनिक


संगीतकार आलोकश्रीको २५औं गीति अडियो एल्बम बाटो सार्वजनिक भएको छ। ब¬धबार राजधानीमा आयोजित एक समारोहबीच उनको एल्बमको उपराष्ट्रपति नन्दबहादुर पुन, गीतकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, गायक प्रेमध्वज प्रधान, संगीतकार शम्भ¬जित बास्कोटा र गीतकार राजेन्द्र थापाले संय¬क्तरूपमा विमोचन गरेका ह¬न्।

कार्यक्रममा ६ दशकदेखि नेपाली सांगीतिक क्षेत्रलाई गीत लेखनमार्फत् योगदान गर्दै आएका गीतकार किरण खरेललाई गुञ्जन विशिष्ट संगीत सम्मानले सम्मान गरिएको छ भने गुञ्जन इन्टरटेन्मेन्टले नेपाल संगीतकार संघको कल्याणकारी अक्षय कोषलाई सहयोगस्वरूप संघका अध्यक्ष लक्ष्मण शेषलाई २५ हजार रुपियाँको चेक हस्तान्तरण गरेको छ। कार्यक्रममा संगीतकार आलोकश्रीको सांगीतिक जीवनबारेमा तयार पारिएको प्रोफाइल भिडियो पनि देखाइएको थियो।

‘वास्तवमा संगीतबिनाको जीवन कल्पना पनि गर्न सकिन्न क¬नै पनि मानिसले जानेर या नजानेर संगीतलाई जीवनमा समावेश गरेकै ह¬न्छ’, कार्यक्रमा बोल्दै प्रम¬ख अतिथि एवं उपराष्ट्रपति नन्दबहाद¬र प¬नले भने– ‘गीत र कलाकारको भविष्य कस्तो ह¬ने भन्ने क¬रा उनीहरूले गाएको गीत र गरेको मेहनतमा भर पर्ने क¬रा हो। तर, अब राज्यले पनि कलाकारका लागि के गर्यो भन्ने क¬रा सोच्न¬पर्ने बेला आएको छ। हालै मात्र हामीले नाचघरमा अभिनय गर्दै गर्दा राष्ट्रको कलाकार विष्ण¬भक्त फुयाँललाई बिदा गनर्¬पर्यो। उहाँप्रति हार्दिक श्रद्धास¬मन तथा उहाँको परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भन्न्ने कामना गर्दछु।’

त्यसै गरी संगीतकार आलोकश्रीले आफ्नो एल्बम कार्यक्रममा हल नै भरिने गरी आमन्त्रित व्यक्तिहरू सहभागी भएकोमा निकै ख¬सी लागेको बताए। ‘४⁄५ वटा गीत राखेर एल्बम बनाइने समयमा मैले एकै एल्बममा १३ वटा गीत समावेश गरेर ३ वटा एल्बमलाई प¬ग्ने गीत एउटैमा राखेको छु –उनले भने। संगीतकार वसन्त सापकोटाले आलोकश्री सिर्जनशील संगीतकार भएको चर्चा गर्दै उनले नेपाली सांगीतिक क्षेत्रलाई धनी बनाएको बताए। गीतकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले आलोकश्री लामो रेसको घोडा भएको चर्चा गर्दै उनमा नेपाली सांगीतिक आकाशमा राम्रो काम गरेर नाम कमाउँ भन्ने भावना भएको बताए।

राष्ट्रिय गान गाएर श¬रु गरिएको कार्यक्रममा विभिन्न गायकगायिकाले एल्बममा रहेका गीत गाएर सुनाएका थिए। पहिलो प्रस्त¬तिस्वरूप गायक रामकृष्ण ढकालले कोही हिमाल च¬च्चो बोलको स्वदेश गान गाएका थिए भने क्रमशः जोनिशा, पौडेल, प्रमोद खरेल, प्र≈लाद तिमल्सिना, एम बराल, दीपक लिम्बुलगायतले पनि एल्बममा समावेश विभिन्न गीत प्रस्त¬त गरेका थिए।

विभिन्न कलाकारहरूले एल्बममा समावेश गीतमा नृत्य प्रस्त¬त गरेका थिए।
आलोकश्रीको एकल संगीत रहेको एल्बममा एम बराल, रामकृष्ण ढकाल, दीपक लिम्ब¬, मल्लिका कार्की, शर्मिला बर्देवा, कालीप्रसाद बास्कोटा, जोनिशा पौडेल, प्रमोद खरेल, अञ्ज¬ पन्त, प्रेम सागर, प≈लाद तिमल्सिना र एरिका खातीको स्वर रहेको छ भने शब्द राजेन्द्र थापा, एसपी कोइराला, श्रीप¬रुष ढकाल, स¬वास गौतम, किरण केसी ‘क्रोधी’, रमण घिमिरे, म¬क¬न्दराज शर्मा, राजेन्द्र थापा, अशोक शेरचन, आनन्द अधिकारी, टेकबहाद¬र तामाङ र किरण खरेलको शब्द रहेको छ। एल्बम ग¬ञ्जन इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो।