बेसाहारासँग नृत्य र सामग्री हस्तान्तरण

0
Shares

वि मानन आर्ट स्टुडियोको मदर्स ग्रुप अफ नेपालले राजधानीको काँडाघारीस्थित फ्युचर होप नेपालमा आश्रय लिएर बसेका १६ जना अनाथ बालबालिकालाई नृत्यमार्फत् मनोरञ्जन दिनुका साथै लत्ता–कपडा र खाद्य सामग्री प्रदान गरेको छ।

शारीरिक र मानसिकरूपमा स्वस्थ रहनका लागि दिनहु नृत्य सिक्न जाने महिलाको समूह मदर्स ग्रुप अफ नेपालका सदस्यहरुले रकम संकलन गरी परोपकारी कामको नमुना प्रस्तुत गरेका हुन्। संकलित ५८ हजार ५ सय रुपियाँबाट उक्त संस्थाक बालबालिकालाई ब्ल्यान्केट, तन्ना, टोपी, झोला, जुत्ता, मोजा, टुथपेस्ट, ब्रसलगायत खाद्यान्न सामग्री प्रदान गरिएको हो। यसअघि सोही संस्थाको रकम संकलनका लागि आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा पनि मदर्स ग्रुप अफ नेपालका सदस्यले नृत्य प्रस्तुतिमार्फत् सहयोग गरेका थिए। आफ्ना तर्फबाट सानो भए पनि सहयोग गर्ने प्रयास गरिएको सोम्ना घिमिरेले बताइन्। अर्की सदस्य सुशीला आचार्यले अनाथ बालबालिकासँग नाच्न, रमाउन र केही सामग्री प्रदान गर्न पाउँदा मनमा केही शान्ति मिलेको बताइन्।

वि मानव आर्ट स्टुडियोका निर्देशक तथा कोरियोग्राफर सुमनसागर जंग केसीको संयोजकत्वमा प्रदान गरिएको सामग्री र मनोरञ्जनले थप हौसला पलाएको र आशा पनि नगरेको एउटा समूहले यसरी अप्रत्याशितरूपमा सहयोग गर्ने चाहाना राखी अनुमति माग्न आउँदा आफू अत्यन्तै खुसी भएको अध्यक्ष रीता शिवाकोटीले बताइन्।

लेखक तथा पत्रकार दामोदर न्यौपानेको समुपस्थितिमा वितरीत कार्यक्रममा दाताहरुलाई प्रशंसापत्र प्रदान गर्दै यस्तो परोपकारी सोचको विकास आम नागरिकमा भए कसैले बेसहारा महसुस गर्नु नपर्ने बताए।