रेखासँगै देशराज


गायिका रेखा शाहले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। आइतबार राजधानीमा आयोजित एक समारोहबीच सिमसिमे पानीमा गायिका शाहले आफ्नो नवीनतम आधुनिक गीत तिमी बिनाको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। उनको यो म्युजिक भिडियो संगीतकर्मी चण्डीप्रसाद काफ्ले, मनोविद् करुणा कुँवर र निर्देश्ँक नीतीनकुमार चन्दले सार्वजनिक गरे।

गीतमा कमल खत्रीको संगीत दिएका छन् भने शब्द रचना भूपेन्द्र खड्काको छ। भिडियोको निर्देशन नीतीनकुमार चन्दले गरेका हुन्। म्युजिक भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसँगै गायिका रेखा शाह नै अभिनय गरेकी छिन्। यो सिंगल ट्रइकमा रेखासँगै गौरव डोगाउकरको स्वर छ। डोगाउकर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन्।