आलियाको राज

0
Shares

बलिउड स्टारको जिन्दगीको राज उनीहरुको नजिकका व्यक्तिहरुले खोल्ने चलन पुरानै हो। बलिउड बादशाह शाहरुख खानसँग जोडिएका गोप्य विषयलाई उनकै पूर्वकर्मचारीले बाहिर ल्याएका थिए भने हालैमात्र बलिउड नायिका आलिया भट्टका पूर्वक्लासमेट सिद्धार्थ सल्लाले पनि यस्तै केही कुरा बाहिर ल्याएका छन्।

सिद्धार्थ पुराना दिन सम्झन्छन्– उनी र आलिया पढेको जमना बाई विद्यालयमा निकै गुटबाजी चल्थ्यो। त्यस समूहमामा सहभागी नहुने व्यक्ति एक्लै पर्थे र मजाकको विषय बन्थे। आलिया पनि गुटबाजीको एक हिस्सा थिइन्। उनी एक लोकप्रिय केटी थिइन्। किनभने उनी बलिउड हस्ती महेश भट्टको छोरी थिइन्। उनलाई नाटकमा लिइन्थ्यो। उनको आसपास चम्चा टाइपका मानिस लागिरहन्थे।
एकपटक कक्षा ६ मा हुँदा आलिया र उनको ग्रुपका मानिस क्रेसडाइटमा थिए। जसका कारण शारीरिक शिक्षाको कक्षापछि उनीहरु सबै जना बेहोस भए। सल्लाले अगाडि लेखेका छन्– ‘सबैलाई थाहा थियो कि आलिया एक याक्ट्रस बन्ने छिन्। केही मानिसहरु उनीप्रति जल्थे र उनलाई आफ्नो करियरका लागि स्ट्रगल गर्न पर्दैन भन्नेहरु पनि थिए।’