अखण्ड प्रदेसको माग राख्दै, गुल्मीमा स्थानियले लिए सपथ

0
Shares

अनिल खत्री, गुल्मी । अखण्ड पाँच नम्बर प्रदेस राख्न भन्दै गुल्मीमा स्थानियले माटो छोपेर समथ लिएका छन् । सकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको जारी आन्दोलनको बिरोध स्वरुप गुल्मीको सदरमुकाम तम्घासमा स्थानियले माटो छोपेर सपथ लिएका हुन ।

प्रदेस र माटोको रक्षाको निम्ती भन्दै जिल्लामा आन्दोलनरत संयुक्त संघर्ष समितिको आयोजनामा विभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार स्थानियले सपथ लिएका छन् । तम्घासको लाकुरी मञ्च संयुक्त संघर्ष समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले सबैलाई हातमा माटो छोपेर सपथ ग्रहण गराएका थिए । स्थानियले लिएको सपथमा सबैले आ–आफनो नाम सहित नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव र सवै जातजाती, भाषाभाषी र संस्कृतिका जनताबीचको अटुट एकताका लागि निरन्तर प्रयत्नशील रहनेछु लेखिएको छ ।

सपथमा नेपाली समाजलाई विखण्डन गर्ने तथा जनता–जनताबीच विद्वेष सिर्जना गर्ने सबै दुष्प्रयासका विरुद्ध दृढतापूर्वक उभिइरहनेछु लेखिएको छ । पहाड र तराई मधेसलाई अलग हुन नदिन तथा पाँच नम्बर प्रदेशलाई अखण्ड राख्न सम्झौताहीन संघर्ष गरिरहने छु ।

राष्ट्रिय एकता जिन्दवाद, सामाजिक सद्भाव कायम राखौ, नेपाल र नेपालीको जय होस् भन्दै स्थानियले समपथ लिएका छन् । समथ ग्रहणपछि बोल्ने अधिकांश नेताहरुले यस प्रदेसलाई टुक्रिनबाट बचाउन दृढताका साथ अघि बढ्ने बताए । जनताको भावनामाथी खेलबाड नगरि अबिलम्ब प्रस्ताव फिर्ता लिन समेत आग्रह गरे । गुल्मी २६ दिनदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु हँुदैआएको छ ।

जिल्लाको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।