![](https://newsofnepal.com/wp-content/uploads/2016/11/India-Flag1-scaled.jpg)
पूर्वराजा ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जानुहुने भएको छ। उडिसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म हुने विमला भवानीको मूर्ति प्रतिस्थापन विशेष समारोहमा उहाँ त्यसतर्फ जान लाग्नुभएको हो। सोही स्थानमा शंकराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वतीको आश्रम पनि रहेको छ।
उहाँले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने इच्छा प्रकट गर्नुभएको जनाइएको छ। पूर्वराजा नै भए पनि कुनै बेला विश्वकै एक मात्र हिन्दू सम्राट् भएको हिसाबले उहाँलाई त्यहाँ निम्त्याइएको हुन सक्ने स्रोतहरूले बताएका छन्। उडिसा जाँदा भारतका अन्य क्षेत्रमा पनि उहाँले भ्रमण गर्न सक्नुहुने र कूटनीतिक तथा राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतहरूले बताएका छन्।