यौन क्रियाकलापले निम्त्याएको काल


काठमाडौं । जोरपाटीको नयाँ बस्तीमा चालक राजकुमार लामाको हत्याका बिषयमा अनेक टिका टिप्पणी भइरहेको बेला प्रहरीले भने उनको कुटेर हत्या गरेको निश्कर्ष निकालेको छ ।
नयाँ बस्ती नजिकै रहेको रहेको प्रहरी चौकीको लापरवाहीको कारण लामाको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी चौकीमा आगजनी समेत गरेपछि घटनाको अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले चालक लामाको हत्या भएको निश्कर्ष निकालेको छ ।
प्रहरीले हत्यामा संलग्न माया तामाङ, मागधन राई र संगिता राईलाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ । यही मंसिर २५ गते राति चालक लामालाई प्रहरीले अर्ध बेहोस अवस्थामा फेला पारी उपचारकालागि अस्पताल लैजादै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।
प्रहरीले लामाको हत्यामा संलग्न रहेको आशंकामा अरुण माझी र दिया माझीलाई समेत पक्राउ गरेको छ ।
स्थानीयले प्रहरीको लापरवाहीले लामाको मृत्यु भएको भन्दै आगजनीका साथै प्रहरी चौकीभित्रै राखेर जलाउने प्रयास गरेपछि महानरीय आयुक्तको कार्यालयले छानवीनकालागि गठन गरेको छानवीन टोलीका संयोजक समेत रहनु भएका महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सवेन्द्र खनालले प्रहरीको लापरवाहीले लामाको मृत्यु नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘बिगतमा त्यहाँ रहेका प्रहरीले के गरेका थिए त्यो छानवीनको बिषय होला तर चालक लामाको मृत्युमा प्रहरीको कुनै दोष देखिदैन ।
उक्त घटनाको अनुसन्धान गरेको प्रहरीले लामाको मृत्यु युवतिको कारण रहेको दावी गरेको छ । लामाको हत्या भएको दिन दिउसो पक्राउ परेकी संगिता राईको नयाँ बस्तीमा रहेको रेष्टुरेन्टमा तुम्बा खाएका थिए ।
क्याविन रेष्टुरेन्ट संचालन गर्दै आएकी राईले सोही रेष्टुरेन्टमा ग्राहक तान्न महिला कर्मचारी राखेको देखिन्छ घटनाको बारे अनुसन्धान गरिरहेका एक अधिकृत बताएछन् ।
मृतक लामालाई सोही रेष्टुरेष्टमा काम गर्ने माया तामाङ नाम गरेकी युवतिले सो दिन दिउसो खाजा खान दिएको र चिनजान गरेका थिए ।
दिउसो तोम्वा खाएर गएका लामा बेलुकी ६ बजे सोही रेष्टुरेन्टमा आएर माया र संगीता संगै बसेर पुन मादक पदार्थ खाएको र मायालाई दोहोरी रेष्टुरेन्ट जान प्रस्ताव गरेका थिए । लामाले निकै बेर कर गरेपछि माया र राजकुमार राति बा २ ज २२३ नम्वरको ट्याक्सी चढेर दोहोरी जाउँ भन्दै त्यहाँबाट हिडेका थिए भने ट्याक्सी बाटोमा नै फसेको थियो ।
उक्त ट्याक्सी छोडेर दुवैजना अर्को ट्याक्सी चढेर मायाले काम गर्ने रेष्टुरेन्ट गएका थिए । तर मायाले काम गर्ने रेष्टुरेन्ट बन्द भएको कारण उनीहरु संंगै रहेको अर्को रेष्टुरेन्टमा गएर यौन सम्पर्क गरेका थिए । यौन सम्पर्क गर्ने क्रममा मायाले राजकुमारसँग पैसा मागेकी थिइन् । राजकुमारले आफूले रकम संगितालाई दिइसकेको बताए पछि दुवैै जनाबीच भनाभन शुरु भएको प्रहरीले जानकारी दिएको छ ।
मायाले पैसा कसलाई दिएको भनेर पटक पटक सोधेपछि लामाले पैसा दिएको भन्दै पुन शारीरिक सम्पर्क राख्न खोजेपछि दुई जनाबीच भनाभन हुनुका साथै हात हालाहालको अवस्र्था िसर्जना भएको थियो ।
हात हालाहालको क्रममा लामा भुईमा लडेपछि सोही रेष्टुरेन्टमा बसेर मादक पदार्थ पिइरहेका रेष्टुरेन्ट संचालिका संगिताका भाइ मागधनले लामाको टाउकोमा र्ईटाले हानेर गम्भीर घाईते बनाएका थिए ।
घाईते लामालाई त्यही छोडेर माया संगिताको दुई तलामाथि रहेको कोठामा गएर सुतेकी थिइन् । ईटा प्रहारबाट घाईते भएका लामा लडेको देखेपछि संगिताका छोरा अरुणले घटनाको बारेमा आमालाई जानकारी गराएपछि संगीताले प्रहरीलाई खवर गरेकी थिइन ।
प्रहरीले घाईते अवस्थामा लडिरहेका लामालाई उपचारको लागि शुरुमा बौद्ध स्तुपा अस्पतालमा लगेको र त्यहाँ उपचार हुन नसकेपछि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदा लैजादै चिकित्सकले मृत घोषणा गरेपछि प्रहरी चौकीमाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।