रनवे मोडलको तयारी


पुसको पहिलो साता राजधानीमा हुने रन वे मोडल २०१६ प्रतियोगीहरु आफ्ना प्रतिभा निखार्ने प्रयासमा प्रशिक्षणमा छन्। विभिन्न अडिसनबाट छानिएका २० युवा र १५ युवती प्रतियोगी अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुटेका हुन्।

रन वे नेपालको आयोजनामा हुन लागेका प्रतियोगीताका प्रतियोगीले प्रशिक्षणको क्रममा प्रतियोगीले व्यक्तित्व विकास, रन वे नलेज, सेल्फ ड्रेस अप, फोटो सुट, सेलिब्रेटी गेस्ट क्लास, पब्लिक स्पिकिङ, ग्रुमि सेसन, अन्र्तवार्ता सेसनलगायतका विषयमा ज्ञान हासिल गरिरहेका छन्। प्रतियोगिताको विजेताले विभिन्न पुरस्कारका साथमा फिल्म, म्युजिक भिडियो र विज्ञापनमा अभिनयको अवसर पाउने आयोजकले दावी गरेका छन्।