किम्फमा उर्मिला अब्बल


काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (किम्फ) सम्पन्न भएको छ। फेस्टिवल कमलरी प्रथामाथि बनेको फिल्म उर्मिलाः माई मेमोरी इज माई पावरलाई सर्वोत्कृष्ट ठहर्याउँदै सम्पन्न भएको हो। फिल्म प्रथम भएवापत त्यसका निर्देशक सुशन ग्लुथलाई अमेरिकी डलर १५ शयबाट पुरस्कृत गरिएको छ।

फेस्टिवलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा केसाङ छेतेनद्वारा निर्देशित भूकम्पले विश्वमा पारेका प्रभावका विषयको ट्रेम्बिलिङ माउन्टेन दोस्रो भएको छ। यो फिल्मलाई पुरस्कारबापत १ हजार अमेरिकी डलर प्रदान गरिएको छ। त्यसै गरी फाडेरिको सान्टिनीद्वारा निर्देशित पाकिस्तानी फिल्म तृतीय भयो। फिल्मले पुरस्कारबापत पाँच सय डलर प्राप्त गरेको छ। त्यस्तै गत २०७२ सालमा नेपालमा आएको प्रलयकारी भूकम्पको केन्द्रविन्दु बारापाकमाथि प्रदीप पोखरेलले बनाएको फिल्म अ सङ फर बारापाक, वेस्ट माउन्टेन फिल्म ठहरियो। यसबापत प्रदीपले १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। फेस्टिवलको नेपाल पानोरमाअन्र्तगत देवकी विष्टको इन सर्च अफ देवकीले सर्वोत्कृष्ट वृत्तचित्रको विजेता हुँदै ५० हजार रुपियाँ प्राप्त गर्यो भने पूजा गुरुङ र विभूषण बस्नेतको दाद्याले सर्वोत्कृष्ट फिक्स फिल्मका लागि ७५ हजार रुपियाँ प्राप्त गर्यो।

हिमाल एसोसिसनद्वारा आयोजित फेस्टिवलमा उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेको वियोन्ड द हाइट केनले जुरी स्पसल मेन्सन अवार्ड पायो भने दर्शक मतका आधारमा फिल्म मीराले अडियन्स च्वाईस अवार्ड पायो। फेस्टिवलअन्र्तगतको सर्ट फिल्म प्रतियोगितामा स्ट्रेन्थिङ नेपाल्स पब्लिक सर्भिसको प्रथम र दोस्रो अवार्ड गुरुचोला विष्णु कल्पित र असिन पौडेलले हात पारेका छन्। विष्णुको सर्ट फिल्म सवारीले प्रथम स्थान हासिल गरेको फेस्टिवलमा पौडेलको कान्छीले दोस्रो स्थान हात पारेको छ। यस्तै तेस्रो स्थान भने अमेश भण्डारीको घट्टोले हात पारेको छ।