जुनसँगै सविर


पछिल्लो समयमा देउडा क्षेत्रबाट सुगम संगीतका विविध विधामा युवापुस्ताको सक्रिय उपस्थित देखिने क्रम बढेको छ । यसै क्रममा सुरिलो आवाजसहित गायन सम्भावनाका साथमा डोटीका सवीर ऐर आफ्नो पहिलो गीत मेरो जुनसँगै छको म्युजिक भिडियोसहित बजारमा आएका छन् ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत र रंग पत्रकार राधिका अधिकारीको शब्दमा उक्त गीत तयार भएको छ भने जनक सिंहद्वारा निर्देशन गरिएको उक्त भिडियोको छायांकन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोमा पछिल्लो समय चर्चामा रहेका मोडेल सनम कठायत र कुसुम राईले अनस्क्रिन रोमान्स गरेका छन् । परुधन ऐरको प्रस्तुति रहेको उक्त गीतलाई एभरेस्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

सनमले अहिलेसम्म करिब २ सय ५० भन्दा बढी सुगम संगीतका म्युजिक भिडियोमा अभिनयको दाबी गर्छन् । उनले अभिनय गरेका धेरैजसो म्युजिक भिडियोले चर्चा बटुलन सफल भएका छन् । समनले यो वर्ष सम्पन्न भएका म्युजिक अवार्ड म्युजिक खबर अवार्ड, विन्ध्यवसिनी म्युजिक आवर्डमा सर्वोत्कृष्ट मोडल अवार्डसहित गत वर्षको नेसनल क्यापिटल अभिनय अवार्ड चुम्न सफल भएका छन् ।