२०८१ माघ १४

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. नेपाली नोटमा पहिलो हस्ताक्षर कसको रहेको छ ?
– खजान्ची जनकराज पण्डित
–नोटमा हस्ताक्षर गर्ने अवसर पाउने कामु गभर्नर :– कृष्णबहादुर मानन्धर
– २०२६ सालमा पहिलोपटक १ हजार रुपियाँको नोट निष्कासन भएको
–२०२८ सालमा ५ सय रुपियाँको नोट निष्कासन भएको
– हजार र ५ सयको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर यादवप्रसाद पन्त रहेको
– ५० रुपियाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर कुलशेखर शर्मा रहेको
– २ रुपियाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर कल्याणविक्रम अधिकारी रहेको
–२ सय ५० र २५ रुपियाँ दरको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ रहेको
– २०६३ असोज ६ मा नेपाल सरकार लेखिएको पहिलो ५ रुपियाँको नोट निष्कासन भएको
–नेपाल सरकार लेखिएको नोटमा पहिलो हस्ताक्षर तत्कालीन गभर्नर विजयनाथ भट्टराईले गरेको
–२०५२ सालमा नेपालमा २ सय ५० को नोट निष्कासन भएको
–२०३४ सालमा ५० रुपियाँको नोट निष्काशन भएको
– २०३८ सालबाट दुई रुपियाँको नोट निष्काशन भएको
– नेपाली नोटमा गभर्नरका रूपमा भने पहिलो हस्ताक्षरकर्ता हिमालय शमशेर राणा रहेको
– २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको
–नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघि सदर मुलुकी खानाबाट नेपाली नोट निष्काशन गरिएको
२. इन्ड्राइभ आईसीटी अवार्ड–२०२४ उपाधि विजेता को हुन् ?
– सुरेशराज शर्मा
३. रम विद्रोह भन्नाले के बुझिन्छ ?
– अस्ट्रेलिया सरकारविरुद्ध भएको एकमात्र सफल तथा छोटो सैन्य विद्रोह
४. प्रथम खो–खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल कुन देशसँग पराजित भएको हो ?
– भारत
५. मानापाथी हिमाल कुन जिल्लामा पर्दछ ?
– मुस्ताङ
६. ह्वाइट हाउसमा बस्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?
– जोन एडम्स
–ह्वाइट हाउसमा बस्ने मौका नपाउने एकमात्र राष्ट्रपति ः– जर्ज वासिङ्टन
–२०औं संविधान संशोधनमार्फत नयाँ राष्ट्रपतिको कार्यकाल शुरु हुने मिति २० जनवरी तोकिएको
७. संयुक्त राष्ट्र संघले कुन वर्षलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउने भएको छ ?
– सन् २०२५
८. नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ?
– १९९४ साल कात्तिक ३० गते
– बैंकमा १० जना लगानीकर्ता रहेको
–८ लाख ४२ हजार चुक्ता पुँजी रहेको
–जारी पुँजी २५ लाख रहेको
– राजा त्रिभुवनले उद्घाटन गरेको
– ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी लगानी रहेको
– बैंकको निक्षेप १७ लाख रहेको