१. अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सन् २०२५ जनवरी १ देखि जन्मिएको पुस्तालाई के भनिन्छ ?
– जेनेरेसन बेटा (सन् २०३९ सम्म जन्मिएका पुस्ताले आर्टिफिसियल इन्टेलिजेन्स, नवीकरणीय ऊर्जा र सम्भवतः मंगल ग्रहमा बसोबास गर्ने युगको व्यापक चर्चामाझ जेन बिटाले आफ्नो जीवन बिताउने अवसर प्राप्त गर्ने)
– सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवा – जेन जी वा जेनेरेसन जेड
– सन् २०१३ देखि २०२४ सम्म जन्मिएका पुस्ता – जेन अल्फा (२१औं शताब्दीमा जन्मिएकाो पहिलो पुस्ता)
– १९८० देखि १९९६ सम्म जन्मिएका पुस्ता :– मिलेनियल्स वा जेन वाई (एनालग प्रविधिबाट डिजिटल युगमा सरेको पहिलो पुस्ता)
– १९६० देखि १९८० सम्म जन्मिएका पुस्ता :– जेन एक्स (पर्सनल कम्प्युटर र इन्टरनेटका शुरुआती प्रयोगकर्ता)
– १९४० देखि १९६० सम्म जन्मिएको पुस्ता :– बेबी बुमर्स
– १९२० देखि १९४० सम्म जन्मिएका पुस्ता :– साइलन्ट जेनेरेसन
– १८०० देखि १९०० सम्म जन्मिएका पुस्ता :– लस्ट जेनेरसन
२. सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
– माघ १४ गते (२०८१ पुस १६ गते मन्त्रिपरिषद्ले निर्णय गरेको)
३. महिला टेनिसको पहिलो वरीयतामा पुग्ने पहिलो एसियाली खेलाडी को हुन् ?
– नाओमी ओसाका
४. एनएनआईपीए स्पोट्र्स अवार्ड–२०८० मा सर्वोत्कृष्ट खेलाडी अवार्ड जित्न सफल खेलाडी को–को हुन् ?
– उसुका विजय सिञ्जाली र कराँतेकी एरिका गुरुङ
– प्रतिभाशाली खेलाडी अवार्डबाट तेक्वान्दोका अश्विन राउत र कबड्डीकी मानमति विष्ट पुरस्कृत भएको
– तेक्वान्दोकी पलेशा गोवर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडी घोषित भएको
– गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथ्लेटिक्सका रघुराज वन्त र एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भएको
५. प्रथम नेपाली महिला राजदूत को हुन् ?
– बिन्दा स्वारी शाह (अमेरिकी कलेजबाट स्नातक र स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला, परराष्ट्र सेवाको पहिलो महिला अधिकृत)
६. विश्वको पहिलो फलामे पुल निर्माण गरिएको नदी कुन हो ?
– सेभर्न नदी
७. पृथ्वीको गुरुत्व क्षेत्र छाड्ने पहिलो अन्तरिक्षयान कुन हो ?
– लुना प्रथम
८. रेमन्ड माइलफस्की अवार्ड–२०२४ प्राप्त गर्ने नेपाली सीमाविद् को हुन् ?
– बुद्धिनारायण श्रेष्ठ (दक्षिण एसियाको पहाडी, विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गरे बापत प्राप्त गरेको)
९. मिस प्लानेट–२०२४ को ह्युमानिटी टाइटल अवार्ड विजेता को हुन् ?
– अनिशा पराजुली
१०. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?
– ब्राउजर
११. ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप कुन रोगसँग सम्बन्धित छ ?
– पाठेघरको मुखको क्यान्सर
१२. विश्व स्वास्थ्य संगठनले भिडियो गेमको लतलाई मानसिक स्वास्थ्य समस्याका रूपमा कहिले सूचीकृत गर्यो ?
– सन् २०१८
१३. अस्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?
– थारू
१४. कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनी चिनिन्छ ?
– राइट लिभ्लिहुड पुरस्कार
१५. हिमालपारिको हुरी पुस्तकका लेखक को हुन् ?
– सुधीर शर्मा
– भिक्षु व्यापार र विद्रोह – सुधीर शर्मा
– छालबाटो : कैलाशदेखि गंगासम्म – रमेश भुसाल
– आनन्दसंहिता – घनश्याम खड्का
– इतिहास अघिको इतिहास – सुरेश ढकाल
– दरबारबाट देखेको नेपाल – विवेकुमार शाह
– सिमसारा – वसन्त बस्नेत
१६. ऊर्जा विकास मार्गचित्र–२०८१ ले सन् २०३५ सम्म कति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ?
– २८ हजार ५ सय मेगावाट
– सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ दशमलव ५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रुपियाँ) बराबरको लगानी गर्ने लक्ष्य राखिएको
– २०८१ पुस १६ गते मन्त्रिपरिषद्को बैठकले मार्गचित्र स्वीकृत गरेको
१७. विश्व ब्रेल दिवस कहिले मनाइन्छ ?
– जनवरी ४ (सन् २०१९ देखि मनाउन प्रारम्भ भएको)
१८. मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका कुन हो ?
– सुरुङ्गा
१९. बाइसधारा बुलबुले मूल कुन जिल्लामा पर्दछ ?
– प्युठान
२०. हाल देशभर सञ्चालनमा रहेका विमानस्थलको संख्या कति रहेको छ ?
– ३५ वटा
– हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल रहेको
– ४१ वटा विमानस्थलमा छोटो धावनमार्ग रहेको
– ११ वटा विमानस्थल टाइप सीमा वर्गीकृत रहेको
– १७ वटा विमानस्थलमा अग्नि निवारण यन्त्रको व्यवस्था रहेको
प्रतिक्रिया