१. एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने पहिलो राष्ट्र कुन हो ?
– बेलायत
२. संसारको सबैभन्दा खतरनाक मानिने गोआन्तानामो जेल कुन देशमा पर्दछ ?
– क्युबा
१ सय १६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको
सन् १९०३ मा क्युबासँग वार्षिक २ हजार रुपियाँ भाडा तिर्ने गरी अमेरिकाले लिएको
नेभल बेस बनाउने भनेर अमेरिकाले क्युबाको भूमि भाडामा लिएको
३. छिल्लीकोट कुन जिल्लामा पर्दछ ?
– दाङ
४. राजा महेन्द्रको निधन कुन दरबारमा भएको थियो ?
– दियालो बंगला दरबार (चितवन)
५. विश्वका ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये १०औं नम्बरमा पर्ने हिमाल कुन हो ?
– अन्नपूर्ण प्रथम
सन् १९५० जुन ३ मा अन्नपूर्णमा पहिलोपटक आरोहण गरिएको
फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लिचेनेलले पहिलोपटक आरोहण गरेको
अन्नपूर्ण पहिलो (८०९१ मिटर) को सफल आरोहणपछिमात्रै विश्वमा अन्य ८ हजार मिटर उचाइका हिमाल आरोहण शुरू भएको
अन्नपूर्णको आरोहण भएको ३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा मात्रै सर्वोच्च शिखर सगरमाथा (तत्कालीन उचाइ ८,८४८ मिटर) मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका
अन्नपूर्णलाई किलर माउन्टेनका रूपमा लिइने
जुन ३ लाई अन्नपूर्ण डे का रूपमा मनाउन थालिएको
नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल नामकरण गरिएको
गण्डकी प्रेदशमा ८ हजार मिटरभन्दा अग्ला हिमाल ३ वटा रहेको (अन्नपूर्ण प्रथम, धवलागिरि र मनास्लु)
०७८ वैशाख २ गते पहिलो पटक नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको टोलीले अन्नपूर्णको सफल आरोहण गरेको
सन् १९४९ मा तत्कालीन प्रधानमन्त्री मोहनशमशेर राणाले अनुमति दिएको
६. कोरीडाँडा कुन जिल्लामा पर्दछ ?
– कास्की
७. विश्वको १२औं अग्लो हिमाल कुन हो ?
– ब्रोडपिक
८. एक बागी पुस्तकका लेखक को हुन् ?
– उज्ज्वल प्रसाईं
९. भलमन्सा प्रथा कुन जातिमा प्रचलित रहेको छ ?
– थारू समुदाय
भलमन्सासँगै अघारी, चिरक्या, चौकीदार, गुरुवा, केसौको पनि थारु समुदायमा चयन गरिने
अघारीले भलमन्साको अनुपस्थितिमा काम गर्ने
चिरक्या र चौकीदारले गाउँमा कुनै पनि कुराको जानकारी र सूचना प्रवाह गर्ने
गुरुवा र केसौकोले पूजापाठ गर्ने जिम्मेवारी लिने
१०. सगरमाथा दिवस कहिले मनाइन्छ ?
– २९ मे
११. अन्तर्राष्ट्रिय फौजदारी अदालतमा कति वटा देशहरू सदस्य राष्ट्र रहेका छन् ?
– १ सय २४ वटा
१२. टकिङ टु माई डटर अबाउट द इकोनोमी पुस्तकका लेखक को हुन् ?
– यानिस भारुफाकिस
१३. श्रीखण्डको वैज्ञानिक नाम के हो ?
– स्यान्टलुम एल्बम लिन्ना
अंग्रेजी भाषामा स्यान्डलउड भनिने
स्यान्टलेसियाई वानस्पतिक परिवारभित्र पर्ने
विश्वभरिमा श्रीखण्डको जम्मा १८ वटा उपप्रजाति रहेकोमा दुईवटा पूर्ण रूपमा लोप भइसकेको र अब १६ उपप्रजाति मात्र अस्तित्वमा रहेको
पाँचवटा उपप्रजातिमा मात्र व्यावसायिक रूपमा तेल उत्पादन गर्न मिल्ने
१४. अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार २०८१ प्राप्त गर्ने सर्जकहरूको को हुन् ?
– समालोचक कृष्ण धरावासी र कवि स्वप्निल स्मृति
१५. विश्वको सबैभन्दा शक्तिशाली रकेट फाल्कोन हेभी प्रक्षेपण गर्ने कम्पनी कुन हो ?
– इलन मस्कको रकेट कम्पनी स्पेस एक्स
१६. भारतीय राज्य दिल्लीमा भएको चुनावमा पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवाललाई पराजित गर्ने राजनीतिज्ञ को हुन् ?
– प्रवेश वर्मा
१७. नेपालको पहिलो चलचित्र आमा कहिले प्रदर्शन भएको हो ?
– २०२१ साल असोज २२ गते
१८. नेपालमा सर्वप्रथम राष्ट्रिय विभूति कहिले घोषणा गरिएको हो ?
– २०१३ सालमा
तत्कालीन राजा महेन्द्रले राष्ट्रिय विभूति सम्मान प्रदान गर्न सुझाव दिने गरी २०१३ सालमा बालकृष्ण समको अध्यक्षतामा एक समिति गठन गरेको
उक्त समितिको सुझावका आधारमा गौतम बुद्ध, राजा जनक, सीता, अंशु वर्मा, अरनिको, राम शाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, भानुभक्त आचार्य, बलभद्र कुँवर, मोतीराम भट्ट र राजा त्रिभुवन गरी १३ जनालाई राष्ट्रिय विभूति घोषणा गरिएको
विसं २०५६ मा शङ्खधर शाख्वा, २०५९ मा पासाङ ल्हामु शेर्पा, २०६६ मा महागुरु फाल्गुनन्द, २०७८ मा भक्ति थापा र २०७९ मा जयपुथ्वीबहादुर सिंह पनि राष्ट्रिय विभूति घोषित भएर राष्ट्रिय विभूतिको संख्या १८ पुगेको
१९. नेपालको पहिलो मुद्रा कुन हो ?
– मानांक
मानदेवले निष्कासन गरेको
मुद्राको अगाडिपट्टि मानांक र पछाडि श्री भोगिनी लेखिएको
भोगिनी मानदेवकी रानीको नाम रहेको
गुणांक, विष्णुगुप्तस्व, श्री अंशुलगायत गरेर लिच्छविकालमा सातवटा मुद्रा निष्कासन भएको
२०. लिच्छविकालको पहिलो ढुंगेमूर्ति कुन हो ?
– च्यासलहिटीको गजलक्ष्मी
२१. मिसेस ब्युटी क्विन नेपाल–२०२५ उपाधि जित्ने सुन्दरी को हुन् ?
– वर्षा कुँवर
२२. सूर्यको सबैभन्दा नजिक पुगेको अन्तरिक्षयान कुन हो ?
– पार्कर प्रोब
२३. स्वस्थानी कथामा वर्णन गरिएको लावण्य देश कहाँ पर्दछ ?
– शङ्खरापुर (साँखु)
२४. वाइतांगी सन्धि केसँग सम्बन्धित रहेको छ ?
– बेलायत राजमुकुट र न्युजिल्यान्डका माओरी जातिका ५ सयभन्दा बढी मुखियाबीच भएको सम्झौता
सन्धिले माओरी जाति ब्रिटिस रैती हुने र माओरी जातिले उपभोग गर्दै आएको जमिनको बेलायतले संरक्षण गर्ने सामझदारी भएको







प्रतिक्रिया