१. नेपालसँग द्विपक्षीय हवाई सम्झौता भएका मुलुक कति वटा रहेका छन् ?
– ४२
२. सघन शहरी विकास कार्यक्रम कति वटा नगरपालिकामा लागू गरिएको छ ?
– १ सय ५
३. नेपालमा शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
– ४० प्रतिशत
४. नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसंख्या कति प्रतिशत रहेको छ ?
– ८ दशमलव ५ प्रतिशत
५. मध्यपहाडी लोकमार्गको कूल लम्बाइ कति रहेको छ ?
– १ हजार ८ सय ७९ किलोमिटर
६. राष्ट्रिय याक दिवस कहिले मनाइन्छ ?
– वैशाख ७ गते
७. दिगो विकास लक्ष्यको उपलब्धि मापन गर्ने उत्पादनशील क्षमता सूचकाङ्कमा नेपालको औसत स्कोर कति रहेको छ ?
– ४० दशमलव ४ (अतिकम विकसित राष्ट्रको औसत सूचकाङ्क ३० दशमलव ९ छ भने विकासशील राष्ट्रको औसत सूचकाङ्क ४६ दशमलव ८ रहेको)
८. साक्षर प्रदेश घोषित प्रदेशहरु कुन–कुन हुन् ?
– कोशी, गण्डकी र वागमती
९. विश्वको कूल भू–भागको कति प्रतिशत क्षेत्रफल वन क्षेत्रले ओगेटेको छ ?
– ३१ प्रतिशत
१०. सामुदायिक विद्यालयमा प्रतिशिक्षक विद्यार्थी संख्या कति रहेको छ ?
– २४
११. राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ?
– माघ १ गते
१२. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकहरु कति वटा रहेका छन् ?
– १ सय ८३ (पछिल्लो मुलुक किरिबाटी)
१३. राज्यले अवलम्बन गरेको समावेशी नीति अनुरूप रेडियो नेपालबाट कति वटा भाषामा समाचार प्रसारण हुने गरेको छ ?
– २५ वटा
१४. ‘क्षयरोग मुक्त नेपाल अभियान’ कति वटा स्थानीय तहमा विस्तार भएको छ ?
– १ सय ४९ वटा
१५. शैक्षिक सत्र–२०८१ मा कक्षा ८ सम्मको टिकाउ दर कति रहेको छ ?
– ८६ दशमलव ५ प्रतिशत
१६. तराई मधेस समृद्धि कार्यक्रम कति वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ ?
– २ सय ७८ वटा
१७. अस्ट्रेलियाको पहिलो महिला प्रधानमन्त्री को हुन् ?
– जुलिया गिलार्ड
१८. पद्मश्री साहित्य पुरस्कारको प्रारम्भिक सूचीमा परेका १५ पुस्तक कुन–कुन हुन् ?
-शैलेन्द्र अधिकारीको उपन्यास अर्हत
-छुदेन काविमोको आख्यान उरमाल
-रमेश क्षितिजको कथा संग्रह एउटा मायी नगरमा
-रमेश भुसालको गैरआख्यान छालबाटो
-भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा
-पञ्चम अधिकारीको आख्यान प्रवासीको देश हुन्न
-दिनेश अधिकारीको कविता पानीको परेड
-श्रेयज सुवेदीको कथासंग्रह बहुरूपी
-टंक चौलागाईंको उपन्यास रुदाने
-सरस्वती प्रतीक्षाको उपन्यास स्व
-हेम प्रभासको कविता साँझमा सेल्फी
-डा. श्रीधर खनालको उपन्यास सावर्णी
-वसन्त बस्नेतको आख्यान सिमसारा
-हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा
-तीर्थ गुरुङको उपन्यास हिउँको गीत







प्रतिक्रिया