१. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२९) कुन देशमा आयोजना गरिएको हो ?
– अजरबैजानको राजधानी बाकु
२. प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले कति दिनभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्दछ ?
– १५ दिन
३. वल्र्ड एकाडेमी अफ साइन्सेसबाट पुरस्कृत हुने वैज्ञानिक को–को हुन् ?
– टिस्टा प्रसाईं जोशी र विपीन दाहाल
प्रसाईंले ट्वास समिरा ओमार इनोभेसन फर सस्टेनिविलिटी अवार्ड र दाहालले ट्वास अट्टा उर रहमान अवार्ड प्राप्त गरेको
नेपालको भूमिगत पानी रहेको आर्सनिकको समस्या समाधान गरी खानेपानीको गुणस्तरमा नेतृत्वदायी भूमिकाका लागि प्रसाईंलाई पुरस्कार प्रदान गरिएको
दाहाललाई कार्बन क्वान्टम डट र त्यसको संरचनासहित कार्बन नानोमेटेरिएल्सको सिन्थेरिसमा योगदान गरेको भन्दै पुरस्कार प्रदान गरिएको
पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको
प्रसाईंले यसअघि ५० हजार अमेरिकी डलरको अर्लि करिएर वेमेन साइन्सिष्ट फेलोसिप प्राप्त गरेको
४. शब्दथुम कृतिका लेखक को हुन् ?
– प्रकाश थाम्सुहाङ
५. राज्यमन्त्री र सहायकमन्त्रीले आफ्नो कार्यभार सम्हाल्नु अघि को समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्दछ ?
– प्रधानमन्त्री
६. जुनेली रातमा अन्न सुकाउने पर्व भनेर कुन पर्वलाई चिनिन्छ ?
– सकिमना पुन्हिः पर्व
७. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण कसले सिफारिस गर्दछ ?
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
८. नेपालको संविधानले कुन प्रयोजनका लागि दुवै सदनको संयुक्त समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ ?
– दुवै सदनका बीचको कार्यप्रणालीलाई व्यवस्थित गर्न, कुनै विधेयकमा रहेको मतभिन्नता अन्त्य गर्न वा अन्य कुनै खास कार्य गर्न
९. मूल्य अभिवृद्धि कर कहिलेदेखि लागू भएको हो ?
– २०५४ साल मंसिर १ गते
१०. नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरूप के हो ?
– बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली
११. अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको प्रमुखमा कसलाई नियुक्त गरेका छन् ?
– एलन मस्क
१२. पूर्णबहादुरको सारङ्गी चलचित्रका निर्देशक को हुन् ?
– सरोज पौडेल
१३. सामाजिक न्यायको हकअन्तर्गत प्रत्येक किसानलाई प्रदान गरिएको हक के हो ?
– कृषि कार्यका लागि भूमिमा पहुँच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउ बिजन र कृषि प्रजातिको छनोट र संरक्षणको हक
१४. राष्ट्रिय कर दिवस कहिले मनाइन्छ ?
– मंसिर १ गते
व्यक्तिगत आयमा आ.व. २०७९÷०८० को आय विवरण अनुसार सबैभन्दा बढि आयकर दाखिला गर्ने ः– राजबहादुर शाह
निकायहरुमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने ः– नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)
एकलौटी फर्ममध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने ः– श्रुति ट्रेडर्स
वस्तु निर्यातको कारोबारमा ः– डावर नेपाल प्रा.लि.
सूचना प्रविधिसम्बन्धी सेवा निर्यात ः– कोडावतार प्रा.लि.
कृषि तथा पशुपक्षी उद्योग ः– पतञ्जली आयुर्वेद प्रा.लि.
बैंक, वित्तीय संस्था र बीमातर्फ ः– नविल बैंक लि.
स्वास्थ्य तथा शैक्षिक संस्था ः– लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लि.
पर्यटन व्यवसायतर्फ ः– तारागाउँ रिजेन्सी होटल लिमिटेड
वस्तु व्यापारको कारोबार ः– भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रा.लि.
वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये ः– सीडीएस एन्ड क्लियरिङ लिमिटेड
ऊर्जामूलक उद्योगमध्ये ः– भोटेकोशी पावर कम्पनी
रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ ः– सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि.
मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये ः– होङ्सी शिवम् सिमेन्ट प्रा.लि.
प्रतिक्रिया