१. राष्ट्रिय चलचित्र अवार्ड–२०८० अन्तर्गत उत्कृष्ट घोषित चलचित्र कुन हो ?
– बुलाकी
– उत्कृष्ट अभिनेताः– विपीन कार्की (प्रसाद–२)
– उत्कृष्ट अभिनेत्रीः– स्वस्तिमा खड्का (दिमाग खराब)
– उत्कृष्ट निर्देशकः– निश्चल बस्नेत (दिमाग खराब)
– उत्कृष्ट सम्पादकः– मित्र डी गुरुङ (महाजात्रा)
– उत्कृष्ट छायाँकारः– शिव ढकाल (बुलाकी)
– उत्कृष्ट लेखनः– राजबहादुर साने (बुलाकी)
– उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः– लोजिमा (लिम्बु भाषा)
– चलचित्र दीर्घ साधना सम्मानः– चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)
– विशेष चलचित्र पुरस्कार :– सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
२. सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाउने पहिलो देश कुन हो ?
– अस्ट्रेलिया
३. नेपाल प्रिमियर लिग–२०२४ को शुरुआत कहिले भएको हो ?
– २०८१ मंसिर १५ गते
४. अन द अरिजिन अफ द स्पेसिस पुस्तकका लेखक को हुन् ?
– चाल्स डार्बिन
५. विश्वमा पहिलोपटक देशभर महिनावारीजन्य सामग्री निःशुल्क बनाउने कानुन पारित गर्ने मुलुक कुन हो ?
– स्कटल्यान्ड
६. सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय कहिले गरेको हो ?
–२०८१ कात्तिक ११
प्रतिक्रिया