२०८१ भदाै १०

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. मिस्टर नेपाल–२०२४ को उपाधिविजेता को हुन् ?
– सन्तोष लोक्सम
२. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९/०८० प्रतिवेदनका अनुसार प्रथम स्थानीय तह कुन हो ?
– धादिङको बेनिघाट रोराङ गाउँपालिका
३. सार्क साहित्य पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ? – बङ्गबन्धु शेख मुजिबुर रहमान
४. चौथो नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार नेपाली घर–परिवारको औसत वार्षिक आम्दानी कति रहेको छ ?

– ५ लाख ५१ हजार १ सय ४८ रुपियाँ
५. वैरागदेखि बचावसम्म पुस्तकका लेखक को हुन् ?
– डा. सीके राउत
. टिकटकमाथि लगाइएको प्रतिबन्ध नेपाल सरकारले कहिले फुकुवा गरेको हो ?
– २०८१ साल भदौ ६ (२०८० साल कात्तिक २७ मा प्रतिबन्ध लगाइएको)
७. सिरिजात पर्व कुन समुदायले मनाउँछन् ?
– धिमाल
८. जलवायु क्लब कार्यान्वयनमा ल्याउने अन्तर्राष्ट्रिय निकाय कुन हो ?
– जी–७
९. सभापोखरी कुन जिल्लामा पर्दछ ?
–संखुवासभा
१०. फ्युचर फर नेचर अवार्ड २०२४ बाट सम्मानीत हुने नेपाली को हुन् ?
– रिन्जिन फुन्जोक लामा
११. नेपालका चार धाम भन्नाले कुन–कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?
– बराह क्षेत्र, मुक्ति क्षेत्र, रूरू क्षेत्र र हरिहर क्षेत्र
१२. ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को शुरुआत कुन देशबाट भएको हो ?
– अमेरिका
१३. लियोनार्दो दा भिन्चीको चर्चित चित्र मोना लिसा कुन संग्रहालयबाट चोरी भएको थियो ?
– लुभ्र संग्रहालय
१४. भारतको संविधानको धारा ३४४ (१) ले नेपाली भाषालाई आठौं अनुसूचीमा कहिले समावेश गरेको हो ?
– सन् १९९२ अगस्ट २०
१५. द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड प्राप्त गर्ने बैंक कुन हो ?
– गरिमा विकास बैंक लिमिटेड