१. प्रत्येक दश वर्षमा राष्ट्रिय जनगणना गरिने व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?
– धारा २८१
२. दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मतदान गर्ने सांसदहरू कति जना रहेका छन् ?
– २०४ जना
३. खाद्य सम्बन्धी हक अन्तर्गत संकटकालमा निलम्बन गरिने हक कुन हो ?
– खाद्य सम्प्रभुताको हक
४. सिरियामा बसर अल–असदको शासन अन्त्य भएपछिका अन्तरिम प्रधानमन्त्री को हुन् ?
– मोहम्मद अल–बसिर
५. प्रधानसेनापतिको नियुक्ति र पदमुक्ति कसले गर्दछ ?
–राष्ट्रपति
६. प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशबाट सेवा निवृत्त भएको व्यक्ति ग्राह्य हुने संवैधानिक निकाय कुन हो ?
– राष्ट्रिय मानव अधिकार आयोग
७. जिल्ला समन्वय समितिमा कम्तिमा कति जना महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ?
– ३ जना
८. स्टेटेन ल्यान्ड्ट भनेर कुन टापुलाई चिनिन्छ ?
– न्युजिल्यान्ड टापु
९. प्रदेशको मन्त्रीले को समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने व्यवस्था रहेको छ ?
– प्रदेश प्रमुख
१०. अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले मनाइन्छ ?
– डिसेम्बर १०
११. प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिमा बढीमा कति जना सदस्यहरू रहन सक्ने संवैधानिक व्यवस्था रहेको छ ?
– २५ जना
१२. प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको कति दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ ?
– १५ दिन
१३. नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई कुन आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने संवैधानिक व्यवस्था रहेको छ ?
– खर्चको आवश्यकता र राजस्व क्षमता
प्रतिक्रिया