१. सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) ऐन–२०६४ अनुसार समन्वय समितिको संयोजक र सदस्य सचिवमा को–को रहने रहन्छन् ?
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव (कानुन) संयोजक र वित्तीय जानकारी इकाइको प्रमुख सदस्य–सचिव
२. नेपालमा म्याग्नेटो प्रविधिको टेलिफोन सेवाको प्रारम्भ कहिलेदेखि भएको हो ?
– विसं १९७०
३. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२४ को नारा के रहेको छ ?
– समृद्व नेपालको आधार, सूचना प्रविधि र सञ्चार (मे २ मा मनाइने, २०७४÷२÷१९ मा निर्णय भएको)
४. अश्र कवितासंग्रहका रचियता को हुन् ?
– मेयर बालेन शाह
५. सार्क मुलुकहरुमध्ये थ्री जी सेवाको शुरुआत गर्ने पहिलो मुलुक कुन हो ?
– नेपाल
६. नेपालले संरक्षण कूटनीति अन्तर्गत कुन देशलाई पहिलोपटक हात्ती उपहार दिने भएको हो ?
– कतार
७. रारा ताल समुद्री सतहबाट कति मिटर उचाइमा रहेको छ ?
– २२८० मिटर (१६७ मिटर गहिरो, ५ दशमलव १ किलोमिटर लम्बाइ, २ दशमलव ७ किलोमिटर चौडाइ तथा ताल किनारको लम्बाइ १४ दशमलव ६ किलोमिटर रहेको)
८. इच्छाकामना मन्दिर कुन जिल्लामा पर्दछ ?
– चितवन
९. नेपालमा फोर जी सेवाको शुरुआत कहिले भएको हो ?
– विसं २०७४
१०. नेपालले कहिलेसम्म औलोमुक्त हुने लक्ष्य लिएको छ ?
– सन् २०२५
११. बारुदी सुरुङमुक्त घोषित हुने पहिलो एसियाली राष्ट्र कुन हो ?
– नेपाल
१२. चीनले नेपाली नागरिकलाई कहिलेदेखि भिसा निःशुल्क गरेको छ ?
– १ मे २०२४
१३. बोस्टन टी पार्टी केसँग सम्बन्धित छ ?
– अमेरिकी स्वतन्त्रता सङ्ग्राम
१४. फोब्र्सको नयाँ सूची (२०२४ अप्रिल) अनुसार विश्वका धनाढ्यमा पहिलो स्थानमा रहन सफल अर्बपति को हुन् ?
– बर्नार्ड आर्नल्ट
१५. डिस्कुलिङ सोसाइटी पुस्तकका लेखक को हुन् ?
– इभान इलिच
१६. लोक सेवा आयोगको पहिलो विज्ञापन कहिले प्रकाशन भएको थियो ?
–२००८ साल भाद्र १८
१७. पैगम्बर मोहम्मदको जन्म कुन ठाउँमा भएको थियो ?
– मक्का
१८. सर्वप्रथम कति वटा राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएका थिए ?
– १७ वटा
१९. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
– धर्म कचहरी
२०. पहिलो लगानी सम्मेलन कहिले भएको थियो ?
– २०७३ साल फागुन १९–२० (१५–१६ चैत ०७५ मा दोस्रो र १६–१७ वैशाख २०८१ मा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको)
२१. मुना र मदन कृतिका लेखक को हुन् ?
– जानकीप्रसाद रिमाल
२२. चल्ती र वचत खाताको विशेषता रहेको खातालाई के भनिन्छ ?
– कल खाता
२३. नेपाल कार्बन सम्झौता गरेर लाभ लिने विश्वको कति औं मुलुक हो ?
– १२औं
२४. सार्क राष्ट्रले विश्वको कति प्रतिशत भू–भाग ओगटेको छ ?
– ३ प्रतिशत
२५. नेपालमा टिस्यु कल्चर गरी तयार पारिएको पहिलो बाली कुन हो ?
– गोलभेडा
२६. भू–परिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
– उत्तर अमेरिका
प्रतिक्रिया