१. शुक्रबार १० बजे १० मिनेट कार्यक्रम केसँग सम्बन्धित छ ?
– डेंगु रोकथाम अभियान
२. अकथित उपन्यासका लेखक को हुन् ?
– श्रीश भण्डारी
३. फिलाडेल्फिया शहरको स्थापना कसले गरेका थिए ?
– विलियम पेन
४. विश्वव्यापी उष्णताले निम्त्याएको संकटविरुद्ध अभियानका रूपमा विश्वमा पहिलो जलवायु कदमका लागि अन्तर्राष्ट्रिय दिवस कहिले मनाइयो ?
– सन् सन् २००९
५. नेपोलियन बोनापार्टविरुद्ध कु को असफल प्रयास गर्ने व्यक्ति को हुन् ?
– क्लाउड फ्रान्वा द म्यालेट
६. जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य रूपमा कुन देवताको मूर्ति रहेको छ ?
– दत्तात्रेय
७. शाम्बाला फिल्मका निर्देशक को हुन् ?
– मीनबहादुर भाम
८. योम किप्पुर युद्ध कहिले भएको थियो ?
– सन् १९७३
९. खैंजडी बजाएर नाच्दै गाइने पुराण कथाहरुमा आधारित लोक गाथालाई के भनिन्छ ?
– बालन
१०. कांसाहोप ताल कुन जिल्लामा पर्दछ ?
– खोटाङ
११. भारतको पहिलो लोकसभा अध्यक्ष को हुन् ?
– मीरा कुमार
१२. युरोपको सबैभन्दा ठूलो रंगशाला कुन हो ?
– स्पेनको बार्सिलोनास्थित क्याम्प नोउ रंगशाला
१३. उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जित्ने नेपाली खेलाडी को हुन् ?
– विजय सिँजाली
१४. आलु, मकै गोड्दा वरिपरिबाट उठाउने माटोलाई के भनिन्छ ?
– उकेरा
१५. युरोपमा पुनर्जागरणको आन्दोलन कुन देशबाट प्रारम्भ भएको थियो ?
– इटाली
प्रतिक्रिया