२०८१ असार १०

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि विजेता को हुन् ?
– करण परियार
२. २०१५ सालमा भएको प्रतिनिधिसभा निर्वाचनका लागि कति वटा निर्वाचन क्षेत्र कायम गरिएका थिए ?
– १ सय ९ वटा
३. नेपाल अधिराज्यको संविधान–२०१५ मताधिकार प्रयोग गर्न पाउनका लागि आवश्यक उमेर कति तोकेको थियो ?
– २१ वर्ष
४. नेपालको संविधान–२०१९ ले व्यवस्था गरेका वर्गीय संगठनहरु कुन–कुन हुन् ?
– नेपाल महिला संगठन, नेपाल किसान संगठन, नेपाल युवक संगठन, नेपाल प्रौढ संगठन, नेपाल मजदुर संगठन र नेपाल भूतपूर्व सैनिक संगठन
५. नेपालको संविधान–२०१९ ले प्रधानान्याधीशको पदावधि कति वर्ष तोकेको थियो ?
– १० वर्ष
६. अनुसूचीको व्यवस्था नभएको संविधान कुन हो ?
– नेपाल अधिराज्यको संविधान–२०१५
७. पहिलोपटक कुन संविधानको अनुसूचीमा राष्ट्रिय गानको व्यवस्था गरिएको थियो ?
– नेपालको संविधान २०१९
८. लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
– सरदार नरेन्द्रमानसिंह प्रधान
९. लोकसेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?
– २०१७ साल माघ २५ गतेदेखि २०१८ साल जेठ मसान्तसम्म
१०. लोकसेवा आयोगले विद्युतीय प्रणालीबाट दरखास्त संकलन कार्य कहिलेदेखि शुरु गरेको हो ?
– २०७१ चैत २३
११. नेपालका प्रथम महालेखापरीक्षक को हुन् ?

– चन्द्रबहादुर थापा