२०८० साउन ८

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० ले विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्कमा नेपालको स्कोर आगामी पाँच वर्षभित्रमा कति पु¥याउने लक्ष्य लिएको छ ?
– ६० (४४ दशमलव ९९ बाट आगामी दश वर्षभित्रमा ७० र पन्ध्र वर्षभित्रमा ८० प्रतिशत पु¥याउने लक्ष्य लिइएको)
२. सन् २०२३ मा बस्न लायक उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा रहेको मुलुक कुन हो ?
– स्विट्जरल्यान्ड (वल्र्ड पपुलेसन रिभ्यु डटकमका अनुसार सन् २०२३ मा बस्न लायक उत्कृष्ट देशको सूचीमा रहेका दशवटा मुलुक क्रमशः स्विट्जरल्यान्ड, नर्वे, डेनमार्क, आइसल्यान्ड, चीनको स्वशासित क्षेत्र हङकङ, नेदरल्यान्ड्स, अस्ट्रेलिया, स्विडेन, आयरल्यान्ड र जर्मनी हुन् )
३. संयुक्त राष्ट्रसंघको पात्रोमा कतिवटा विश्व दिवस रहेका छन् ?

– २ सय ९ वटा
४. २०७९ सालको मदन पुरस्कारका लागि मनोनयनमा परेका पाँच कृति कुन–कुन हुन् ?
– इजोरिया, ऐंठन, चक्रव्युहमा नेपालको जलस्रोत, थाङ्ग्रा र माटाको घर
५. इक्वेडरमा चुनाव ¥यालीमा हत्या गरिएका राष्ट्रपति पदका उम्मेदवार को हुन् ?
– फर्नान्डो भिल्लाभिसेन्सियो
६. नेपाल दूर सञ्चार प्राधिरकणले लागू गर्न लागेको टेरामक्स प्रणालीको पूरा रूप कुन हो ?
– टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम
७. पहिलो आदिवासी दिवस दशक कहिले मनाइएको थियो ?
– सन् १९९४–२००४
८. देशभर देखिएको आँखा पाक्ने रोगको मुख्य कारक कुन भाइरस मानिएको छ ?
– इन्टेरो भाइरस
९. संयुक्त राष्ट्रसंघले कुन–कुन मुलुकको सन् २०२६ मा अति कम विकसित देशबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति घोषणा गरेको छ  ?
– नेपाल, बंगलादेश र लाओस
१०. कर्नालीको मर्म नामक पुस्तकका लेखक को हुन् ?
– डा. दीपेन्द्र रोकाया

११. आधुनिक नर्सिङकी जन्मदाता कसलाई मानिन्छ ?
– फ्लोरेन्स नाइटिंगल (लेडी विथ द ल्याम्प उपाधिबाट समेत सम्मानीत)
१२. खुला सरकार सहकार्य (ओजीपी) मा आबद्ध देशहरुको संख्या कति रहेको छ ?
– ७६ वटा (युरोपेली मुलुक इस्टोनियामा आगामी सेप्टेम्बर ६–७ मा हुने छैटौं ओजीपी सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा प्राप्त भएको)
१३. काज्मापलिस भन्नाले के बुझिन्छ ?
– संसारका विभिन्न संस्कृति, मनोवृत्ति, जीवनशैली एवं आस्था भएका व्यक्तिहरू आ–आफ्ना राष्ट्रिय विविधतालाई कायम राख्दै सौहार्दपूर्ण तवरले बसोबास गर्ने गरेको र अन्तर्राष्ट्रियरूपमा महत्त्वपूर्ण रहेको शहर
१४. राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० मन्त्रिपरिषद्ले कहिले पारित गरेको हो ?
– विसं २०८० साउन २३ गते
१५. प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार परिसरलाई पुनःसंरचना गर्दा कूल क्षेत्रफलको कति प्रतिशत जग्गामा हरियाली क्षेत्र बनाउने योजना रहेको छ ?
– ३० प्रतिशत
१६. संयुक्त राष्ट्रसंघले कहिलेसम्म एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ ?
– सन् २०३०
१७. नक्कली शैक्षिक प्रमाणपत्रहरूको अनुसन्धान गर्न सञ्चालन गरिएको पछिल्लो अप्रेसन कुन हो ?
– चार्ली फोक्टर
१८. सोह्रौं योजनाले संरचनागत रूपान्तरणका क्षेत्र एवं रणनीति कति वटा तय गरेको छ ?
– १२ वटा
१९. योगमाया राष्ट्रिय पुरस्कार–२०८० का विजेता को हुन् ?
– पवन आलोक
२०. प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत थ्रेस होल्ड कटाउने दलहरु कति वटा रहेका छन् ?
– ७ वटा
२१. १६औं योजनाको अवधारणापत्र कहिले स्वीकृत भएको हो ?
– २०८०/०४/१७
२२. नेपालको पहिलो महिला डेपुटी गभर्नर को हुन् ?
– नीलम तिम्सिना ढुंगाना