१. नेपालकी राष्ट्रिय विभूति भृकुटीबारे लेखिएको तिब्बती ग्रन्थ कुन हो ?
–मणिकाबुम
२. सिर्सिया सुख्खा बन्दरगाह नेपालको कुन स्थानीय तहमा पर्दछ ?
–वीरगन्ज महानगरपालिका
३. नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ‘ईपीजी’ का नेपाल संयोजक को थिए ?
–डा. भेषबहादुर थापा
४. २९औं प्रकाश मानवअधिकार पुरस्कारको विजेता को हुन् ?
– रुकैया खातुन
५. चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान सुरक्षित अवतरण गर्ने चौथो मुलुक कुन हो ?
–भारत
६. विश्वमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने प्रमुख तीन मुलुकहरु कुन–कुन हुन् ?
– चीन, अमेरिका र भारत
७. ‘मनमा कुनै परिकल्पना नभएसम्म कुनै अवलोकनसम्म पनि सम्भव हुँदैन ।’ यो भनाइ कसको हो ?
–चाल्स डार्बिन
८. संकटासन्नता र जोखिम विश्लेषण प्रतिवेदन–२०२१ अनुसार जलवायु परिवर्तन अति उच्च जोखिम स्तरमा रहेका जिल्लाहरु कति वटा रहेका छन् ?
– ८ वटा (जोखिम स्तरमा अति उच्च ८, उच्च १३, मध्यम २०, न्यून २१ र अति न्यूनमा १५ जिल्ला पर्ने)
९. नेपालमा सामुदायिक व्यवस्थापनअन्तर्गत रहेको वन क्षेत्र कति प्रतिशत रहेको छ ?
–४२ दशमलव ७ प्रतिशत
१०. सुपर जोन विकास कार्यक्रमअन्तर्गत धान सुपर जोन कार्यक्रम कतिवटा जिल्लामा सञ्चालन गरिएको छ ?
–४ वटा
११ं नेपालका नदीनालामा पहिचान भएका २ सय ३६ प्रजातिका माछामध्ये नेपालको जलीय वातावरणमा मात्र पाइने प्रजाति कति प्रकारका रहेका छन् ?
–१६ प्रजाति
१२. यन्त्रमानव वा रोबोटको प्रयोगसम्बन्धी बौद्धिकतालाई के नाम दिइएको छ ?
–आर्टिफिसियल इन्टेलिजेन्स
१३. पहिलो विश्व बाघ सम्मेलन कुन देशमा भएको थियो ?
–रुस
१४. एग्रिमेन्ट विथ राजा अफ नेपाल सम्झौता कुन देशसँग भएको थियो ?
–बेलायत
१५. फादर अफ हिमालयन स्टडिज कसलाई चिनिन्छ ?
–ब्रायन हड्सन
१६. अन्नपूर्ण पदमार्गमा कुन–कुन जिल्ला जोडिएको छ ?
–लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी
१७ं नेपालले कहिलेसम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ?
–सन् २०२६
१८. राष्ट्रिय परीक्षा बोर्डले पहिलो चरणमा कक्षा १० कुन–कुन विषयमा स्तरीकृत परीक्षा लागू गर्ने भएको छ ?
–गणित, विज्ञान र अंग्रेजी
१९. पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान कुन मुद्दामा दोषी ठहर भएका हुन् ?
–राज्यका उपहार बिक्री गर्दा आफूलाई प्राप्त फाइदा घोषणा नगरेको
२०. रुसको अनफ्रेन्डी सूचीमा परेका मुलुक कुन–कुन हुन् ?
–नर्वे, अमेरिका, चेक रिपब्लिक, ग्रिस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकिया
२१ं जिल्ला समन्वय समिति बढीमा कति सदस्यीय हुने संवैधानिक व्यवस्था रहेको छ ?
–९ सदस्यीय
२२. अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापना कहिले भएको हो ?
–सन् २००२ जुलाई १
२३. वाइफाइको पूरा रूप के हो ?
–वायरलेस फिडिलिटी
२४. रोबोट सञ्चालनमा ल्याउने पहिलो नेपाली बैंक कुन हो ?
–एसबीआई बैंक
२५. सार्वजनिक यातायात सेवा निःशुल्क गर्ने विश्वकै पहिलो मुलुक कुन हो ?
–लक्जेम्वर्ग
प्रतिक्रिया