१.जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको ३०औं सम्मेलन (कोप ३०) कुन देशमा सञ्चालन भइरहेको छ ?
– ब्राजिलको वेलेम
-नोभेम्बर १० देखि २१ सम्म आयोजना गरिएको
-हालसम्म भएका सम्मेलनमा दुईपटक राष्ट्रप्रमुख स्तरीय र तीनपटक प्रधानमन्त्री स्तरीय सहभागीता रहेको (१५औं मा प्रधानमन्त्री माधवकुमार नेपाल, २४औं मा राष्ट्रपति विद्यादेवी भण्डारी, २७औं मा प्रधानमन्त्री शेरबहादुर देउवा, २८औं मा प्रधानमन्त्री पुष्पकमल दाहाल र २९ मा औं राष्ट्रपति रामचन्द्र पौडलको सहभागिता रहेको)
-कोप ३१ सन् २०२६ मा अस्ट्रेलियाको एलिलेडमा हुने
२. नेपालको कूल भू–भाग मध्य कति प्रतिशत भू–भाग संरक्षित क्षेत्रका रूपमा रहेको छ ?
– २३ दशमलव ४ प्रतिशत
३. नेपालको पहिलोपटक सार्वभौम क्रेटिड रेटिङ गर्ने संस्था कुन हो ?
– फिच रेटिङ्ग लिमिटेड
४. नेपालमा शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
– ४० प्रतिशत
५. राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकाका लागि कति प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइने गरिएको छ ? – १३ प्रकार
६. नीलो प्रेम उपन्यासका लेखक को हुन् ?
– पुरुषोत्तम बजगाई
७. नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ?
– सन् २०२५ मे
८. रिच ड्याड, पोर ड्याड पुस्तकका लेखक को हुन् ?
– रोबर्ट कियोसाकी
९. भर्चुअल मुद्राको शुरुआत कुन देशबाट भएको हो ?
– जापान
१०. भारतले विश्वकै सबैभन्दा ठूलो र पहिलो पूर्ण डिजिटल जनगणना अन्तर्गत मुख्य गणना कहिले गरीने तय भएको छ ?
– सन् २०२७ मार्च १
११. विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि विजेता को हुन् ?
– रक्षा पन्त
१२. संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्क सिटीमा निर्वाचित हुने चर्चित मेयर को हुन् ?
– जोहरान क्वामे ममदानी (ममदानी महिला मुस्लिम पहिलो दक्षिण एसियाली मूलका मेयर रहेको)
१३. इराकका राष्ट्रपति सद्दाम हुसेनलाई कुन अभियोगमा मृत्युदण्ड दिइएको थियो ?
– सिया मुस्लिमको नरसंहार
१४. दुईपटक भन्दा बढी कार्यकालका लागि निर्वाचित हुने एकमात्र अमेरिकी राष्ट्रपति को हुन् ?
– फ्य्राङ्कलिन डी रुजबेल्ट (चारपटक राष्ट्रपति)
१५. क्यूआर कोडको आविष्कार कसले गरेका हुन् ?
– मासाहिरो हारा
१६. मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री को हुन् ?
– बेनेजिर भुट्टो
१७. राष्ट्रिय एआई केन्द्रको स्थापना कहिले भएको हो ?
– २०८२ कात्तिक २४ गते







प्रतिक्रिया