१. प्रधानाध्यापक आफैंले कति दिनसम्म पर्व वा भैपरी आउने बिदा लिन सक्ने व्यवस्था रहेको छ ?
– तीन दिन
२. विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले स्वीकृत गर्ने बिदाहरु कुन–कुन हुन् ?
– असाधारण, बेतलवी र अध्ययन बिदा
३. शिक्षा नियमावली–२०५९ अनुसार वृत्ति सिफारिस समितिको अध्यक्ष को हुन्छ ?
– प्रमुख जिल्ला अधिकारी
४. कुनै शिक्षक अध्यापन गर्न असमर्थ रहेको भनी मेडिकल बोर्डले सिफारिस गरेमा निवृत्तभरण प्रयोजनका लागि कति वर्ष सेवा अवधि थप हुने गर्दछ ?
– ५ वर्ष
५. शिक्षकलाई नसिहत दिन सकिने अवस्था कुन हो ?
– विद्यालयमा आउने, अध्यापन गर्ने र जाने समय पालना नगरेमा
६. शिक्षा नियमावली–२०५९ को कुन नियममा विद्यालयको चिह्न सम्बन्धी व्यवस्था गरिएको छ ?
– नियम १५३
७. विद्यालयमा सामाजिक परीक्षण समितिको गठन गरिनुको उद्देश्य के हो ?
– सामुदायिक विद्यालयको काम–कारबाही ऐन तथा नियमावली बमोजिम भए-नभएको सम्बन्धमा प्रत्येक वर्ष मूल्याङ्कन गर्नु
८. सरुवा भएको शिक्षकले कति दिनभित्र बरबुझारथ गर्नुपर्दछ ?
– १५ दिन
९. ग्रामीण शिक्षा विकास कोषको लेखापरीक्षण कसले गर्दछ ?
– महालेखापरीक्षकको विभाग
१०. शिक्षा ऐन–२०२८ विपरीत शुल्क लिने विद्यालयलाई २५ हजार रुपियाँसम्म जरिवाना गर्ने अधिकारी को हो ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
११. कसैले विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सानी गरेमा तहकिकात गरी विद्यालयको नामबाट मुद्दा दायर गर्ने अधिकारी को हो ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
१२. शिक्षा ऐन–२०२८ अनुसार कसैले अरूको तर्फबाट परीक्षा दिएमा के सजाय हुन्छ ?
– १ लाख रुपियाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै
१३. मुनाफा नलिने गरी विद्यालय सञ्चालन गर्न प्रति कक्षा न्यूनतम विद्यार्थी कति हुनुपर्दछ ?
– एघार
१४. कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालयमा शिक्षकको न्यूनतम दरबन्दी कति तोकिएको छ ?
– ९ जना
१५. माध्यमिक विद्यालयको प्रधानाध्यापक छनोट गर्दा स्नातकोत्तर नगरेको शिक्षकलाई न्यूनतम योग्यता बापत कति अंक प्रदान गरिन्छ ?
– प्रथम श्रेणी भए १०, द्वितीय श्रेणीको भए ८ र तृतीय श्रेणी भए ६ अंक
१६. प्रधानाध्यापक छनोट गर्दा नेतृत्व लिने क्षमता अन्तर्गत कति वटा मूल्याङ्कनका आधारहरु तोकिएको छ ?
– चार वटा
१७. शिक्षक सेवा आयोगको सचिवका रूपमा कसले कार्यसम्पादन गर्दछ ?
– आयोगको वरिष्ठ कर्मचारी
१८. शिक्षक सेवा आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्दछ ?
– ४० वर्ष
१९. शिक्षक सेवा आयोगले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेस गर्दछ ?
– नेपाल सरकार
२०. संस्थागत विद्यालयले कुनै विदेशी व्यक्ति वा संघ–संस्थाबाट चल–अचल सम्पत्ति प्राप्त गर्नु अघि कसको पूर्वस्वीकृति लिनुपर्दछ ?
– नेपाल सरकार
२१. पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका शिक्षकलाई नेपालको कुनै पनि विद्यालयमा सरुवा गर्न पाउने अधिकार कसको हो ?
– शिक्षा तथा मानव स्रोत विकास केन्द्र
२२. सामुदायिक सिकाइ केन्द्रको सञ्चालन तथा व्यवस्थापन पर्ने कार्य कसको हो ?
– वडा समिति
२३. अमर्यादित कार्य गर्ने परीक्षार्थीलाई बढीमा कति वर्षसम्म सञ्चालन हुने परीक्षामा सहभागी हुन नपाउने गरी निष्काशन गर्न सकिने व्यवस्था रहेको छ ?
– २ वर्षसम्म
२४. विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमतिपत्र प्रदान कसले गर्दछ ?
– शिक्षक सेवा आयोग
२५. तलब वृद्धि रोक्का भएको अवस्थामा शिक्षकलाई कति वर्षसम्म बढुवाको उम्मेदवार बन्न रोक लगाइएको छ ?
– तलब वृद्धि रोक्का भएको मितिले एक वर्षसम्म
२६. शिक्षकको बढुवा गर्दा कुन–कुन वर्गलाई ज्येष्ठता बापत एक वर्ष अनुभव थप गरिने व्यवस्था रहेको छ ?
– महिला, दलित र अपाङ्ग







प्रतिक्रिया