वस्तुगत सामग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. माध्यमिक शिक्षा उत्र्तीण गरेका विद्यार्थीको नाम, थर, जन्म मिति सच्याउने अधिकार कसको हो ?
– निर्देशक
२. विद्यालयको लेखा परीक्षणको पुनरावलोकन कसले गर्दछ ?
– निर्देशक
३. माध्यमिक शिक्षा उत्र्तीण परीक्षाका लागि रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीको नामथर, उमेर संशोधन गर्ने अधिकार कसको हो ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
४. सामुदायिक विद्यालयका शिक्षकको राजीनामा कसले स्वीकृत गर्दछ ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
५. तालिममा गएको शिक्षकले तालिमबाट फर्केपछि विद्यालयमा कति वर्ष सेवा गर्नुपर्दछ ?
– ३ वर्ष
६. विद्यालय व्यवस्थापन समितिले नेपाल सरकारबाट स्वीकृत भएको दरबन्दीको शिक्षक पद रिक्त हुन आएमा पदपूर्तिका लागि कति दिनभित्र लेखी पठाउनुपर्दछ ?
– १५ दिन
७. शिक्षक अभिभावक संघमा को रहन्छन् ?
– विद्यायलका सम्पूर्ण अभिभावक र शिक्षकहरु
८. थप पाठ्यसामग्री तथा पाठ्यपुस्तकको सूची कसले स्वीकृत गर्दछ ?
– राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्
९. विद्यालयले थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक अध्यापन गर्न कसको स्वीकृति लिनुपर्दछ ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
१०. विद्यालयले अध्यापन गराउने ऐच्छिक विषयको स्वीकृत कसले गर्दछ ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
११. माध्यमिक शिक्षा उत्र्तीण परीक्षाका लागि रजिस्ट्रेसन, आवेदन तथा परीक्षा वापत लाग्ने शुल्क कसले तोक्दछ ?

– माध्यमिक शिक्षा उत्र्तीण परीक्षा समिति
१२. माध्यमिक शिक्षा उत्र्तीण परीक्षाको उत्तरपुस्तिका कति समयसम्म नधुल्याई सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ ?
– ६ महिना
१३. साक्षरोत्तर शिक्षाको अवधि कति हुन्छ ?
– तीन महिनादेखि ६ महिनासम्म
१४. शिशु विकास केन्द्रको पाठ्यक्रम कसले स्वीकृत गर्दछ ?
– पाठ्यक्रम विकास केन्द्र
१५. एक शैक्षिक सत्रमा हिउँदे वा वर्षे वा दुवै गरी कति दिन विद्यालय बन्द रहन्छ ?
– ४५ दिन
१६. ४५ जना पदसंख्या रहेको अवस्थामा तृतीय श्रेणीका शिक्षकहरु कति जना कायम गरिन्छ ?
– ३६ जना
१७. १० जना शिक्षकको दरबन्दी रहेको प्राथमिक विद्यालयमा महिला शिक्षिकाको दरबन्दी कति जनाको रहन्छ ?
– ३ जना
१८. शिक्षाशास्त्रमा स्नातकोत्तर तह उत्र्तीण नगरेको माध्यमिक तहको शिक्षकले माध्यमिक तहको प्रधानाध्यापकको पदमा उम्मेदवार बन्न कति वर्ष स्थायी सेवा गरेको हुनुपर्दछ ?
– दश वर्ष
१९. विद्यालयका शिक्षकहरुको बैठक कम्तीमा कति समयमा बस्नुपर्ने व्यवस्था रहेको छ ?
– महिनामा कम्तीमा एक पटक
२०. कुनै शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी असफल भएमा के सजाय हुन्छ ?
– दुई वर्षसम्म तलब वृद्धि रोक्का
२१. शिक्षक छनोट समितिका मनोनित सदस्यको पदावधि कति हुन्छ ?
– दुई वर्ष
२२. सरुवा भएको शिक्षकलाई प्रधानाध्यापकले कति दिनभित्र रमाना दिनुपर्दछ ?
– २१ दिन
२३. पाँच वर्ष सेवा अवधि पूरा नभएको अवस्थामा समेत असाधारण बिदा प्राप्त गर्न सकिने अवस्था कुन हो ?
– बिरामी
२४. शिक्षकले बेतलवी बिदा प्राप्त गर्न सक्ने अवस्था कुन हो ?
– कुनै शिक्षकको पति वा पत्नी विदेश स्थित नेपाली राजदूतावास वा नियोगमा खटिएको अवस्थामा
२५. प्रधानाध्यापक आफैंले कति दिनसम्म पर्व वा भैपरी आउने बिदा लिन सक्ने व्यवस्था रहेको छ ?
– तीन दिन
२६. विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले स्वीकृत गर्ने बिदाहरु कुन–कुन हुन् ?
– असाधारण, बेतलवी र अध्ययन बिदा
२७. शिक्षा नियमावली–२०५९ अनुसार वृत्ति सिफारिस समितिको अध्यक्ष को हुन्छ ?
– प्रमुख जिल्ला अधिकारी
२८. कुनै शिक्षक अध्यापन गर्न असमर्थ रहेको भनी मेडिकल बोर्डले सिफारिस गरेमा निवृत्तभरण प्रयोजनका लागि कति वर्ष सेवा अवधि थप हुने गर्दछ ?
– ५ वर्ष
२९. शिक्षकलाई नसिहत दिन सकिने अवस्था कुन हो ?
– विद्यालयमा आउने, अध्यापन गर्ने र जाने समय पालना नगरेमा
३०. शिक्षा नियमावली–२०५९ को कुन नियममा विद्यालयको चिह्न सम्बन्धी व्यवस्था गरिएको छ ?
– नियम १५३
३१. विद्यालयमा सामाजिक परीक्षण समितिको गठन गरिनुको उद्देश्य के हो ?
– सामुदायिक विद्यालयको काम–कारबाही ऐन तथा नियमावली बमोजिम भए÷नभएको सम्बन्धमा प्रत्येक वर्ष मूल्याङ्कन गर्नु
३२. सरुवा भएको शिक्षकले कति दिनभित्र बरबुझारथ गर्नुपर्दछ ?
– १५ दिन
३३. ग्रामीण शिक्षा विकास कोषको लेखापरीक्षण कसले गर्दछ ?
– महालेखापरीक्षकको विभाग
३४. शिक्षा ऐन–२०२८ विपरीत शुल्क लिने विद्यालयलाई २५ हजार रुपियाँसम्म जरिवाना गर्ने अधिकारी को हो ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
३५. कसैले विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सानी गरेमा तहकिकात गरी विद्यालयको नामबाट मुद्दा दायर गर्ने अधिकारी को हो ?
– जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
३६. शिक्षा ऐन–२०२८ अनुसार कसैले अरूको तर्फबाट परीक्षा दिएमा के सजाय हुन्छ ?
– १ लाख रुपियाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै
३७. मुनाफा नलिने गरी विद्यालय सञ्चालन गर्न प्रति कक्षा न्यूनतम विद्यार्थी कति हुनुपर्दछ ?
– एघार
३८. कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालयमा शिक्षकको न्यूनतम दरबन्दी कति तोकिएको छ ?
– ९ जना
३९. माध्यमिक विद्यालयको प्रधानाध्यापक छनोट गर्दा स्नातकोत्तर नगरेको शिक्षकलाई न्यूनतम योग्यता बापत कति अंक प्रदान गरिन्छ ?
– प्रथम श्रेणी भए १०, द्वितीय श्रेणीको भए ८ र तृतीय श्रेणी भए ६ अंक
४०. प्रधानाध्यापक छनोट गर्दा नेतृत्व लिने क्षमता अन्तर्गत कति वटा मूल्याङ्कनका आधारहरु तोकिएको छ ?
– चार वटा
४१. शिक्षक सेवा आयोगको सचिवका रूपमा कसले कार्यसम्पादन गर्दछ ?
– आयोगको वरिष्ठ कर्मचारी
४२. शिक्षक सेवा आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्दछ ?
– ४० वर्ष
४३. शिक्षक सेवा आयोगले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेस गर्दछ ?
– नेपाल सरकार
४४. संस्थागत विद्यालयले कुनै विदेशी व्यक्ति वा संघ–संस्थाबाट चल–अचल सम्पत्ति प्राप्त गर्नु अघि कसको पूर्वस्वीकृति लिनुपर्दछ ?
– नेपाल सरकार
४५. पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका शिक्षकलाई नेपालको कुनै पनि विद्यालयमा सरुवा गर्न पाउने अधिकार कसको हो ?
– शिक्षा तथा मानव स्रोत विकास केन्द्र
४६. सामुदायिक सिकाइ केन्द्रको सञ्चालन तथा व्यवस्थापन पर्ने कार्य कसको हो ?
– वडा समिति
४७. अमर्यादित कार्य गर्ने परीक्षार्थीलाई बढीमा कति वर्षसम्म सञ्चालन हुने परीक्षामा सहभागी हुन नपाउने गरी निष्काशन गर्न सकिने व्यवस्था रहेको छ ?
– २ वर्षसम्म
४८. विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमतिपत्र प्रदान कसले गर्दछ ?
– शिक्षक सेवा आयोग
४९. तलब वृद्धि रोक्का भएको अवस्थामा शिक्षकलाई कति वर्षसम्म बढुवाको उम्मेदवार बन्न रोक लगाइएको छ ?
– तलब वृद्धि रोक्का भएको मितिले एक वर्षसम्म
५०. शिक्षकको बढुवा गर्दा कुन–कुन वर्गलाई ज्येष्ठता बापत एक वर्ष अनुभव थप गरिने व्यवस्था रहेको छ ?
– महिला, दलित र अपाङ्ग