१. प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत प्राप्त गर्न असफल भई कहिले पदमुक्त हुनुभएको हो ?
– २०८१ साल असार २८ गते (प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत परेको, विपक्षमा १ सय ९४ मत र मत दिन्न भन्नेमा १ मत परेको, बैठकमा २ सय ५८ जना सांसदको उपस्थिति रहेको)
२. बेलायतको पहिलो महिला प्रधानमन्त्री को हुन् ?
– मार्गरेट थ्याचर
३. फिल्ड मेडल कुन विधासँग सम्बन्धित छ ?
– गणित अध्ययन
४. विश्वमा कुन क्रान्ति पछि मध्ययुगको समाप्त भएको मानिन्छ ? – फ्रान्सेली राज्य क्रान्ति
५. ‘जितलाई जसले पनि आत्मसात गर्न सक्छ भने हारलाई बहादुरले मात्र पचाउन सक्छ ।’ यो भनाइ कसको हो ?
– एडोल्फ हिटलर
६. नेपाल सरकारले सङ्क्रामक रोगको सूचीमा कति वटा रोगलाई सूचीकृत गरेको छ ?
– ५२ वटा
७. नारायणी वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरिएको हो ?
– गोपाल अस्क
८. कार्यक्रम बजेटको शुरुआत कहाँबाट भएको हो ?
– अमेरिका
९. विश्वको पहिलो मिस आर्टिफिसियल इन्टेलिजेन्स (मिस एआई) को उपाधि विजेता को हुन् ?
– केन्जा लइली (विश्वभरका १५ सय एआई मोडलमध्ये मोरोक्कोकी केन्जा सर्वोत्कृष्ट बनेकी, मिस एआईमा फ्रान्सकी ललिना दोस्रो र पोर्चुगलकी ओलिभिया सी तेस्रो भएकी)
१०. बाराक–८ मिसाइल कुन देशको मिसाइलको नाम हो ?
– भारत र इजरायल
११. पहांग राज्य कुन देशमा रहेको छ ?
– मलेसिया
१२. राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ ?
– बैशाली
१३. क्लिन फिड भन्नाले केलाई बुझाउँछ ?
– विज्ञापनरहित प्रशारण हुने टेलिभिजन च्यानल
१४. आल्माटा सम्मेलन केसँग सम्बन्धित छ ?
– प्राथमिक स्वास्थ्य हेरचाह
१५. नेपालको पहिलो हुलाक टिकटमा के अंकित गरिएको थियो ?
– गोरखा अधिराज्य
१६. टंगाल दरबार कसले बनाएका हुन् ?
– भीमशमशेर
प्रतिक्रिया