शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति : २४ करोड १६ लाख


काठमाडौँ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले २३ करोड ४१ लाख २७ हजार खुद सम्पत्ति रहेको विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पोखरेलले पुख्यौंलीसहितको सम्पत्ति रहेको विवरणमा उल्लेख गरेका हुन् ।

कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रहेकोमा ७५ लाख ऋण र सापटी लिएको उल्लेख छ । बुबा रमेशकुमार पोखरेल र आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंमा ४ र पाँच करोडको घर जग्गा रहेको उल्लेख गरिएको छ ।

बाबु राष्ट्र बैंकमा कार्यरत हुँदाको कमाइ र पैत्रिक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । काठमाडौं, विराटनगर, ललितपुरको गोदावरी, गोकर्णेश्वरमा बाबुआमा र पैत्रिक रूपमा संयुक्त साढे ११ करोड हाराहारी रुपैयाँको जग्गा रहेको उल्लेख छ ।

२५ तोला सुन र एक सय तोला चाँदी रहेको पनि उल्लेख छ । सानिमा र एनआईसी एसिया बैंकमा साढे चार लाख नगद रहेको उल्लेख छ । विभिन्न कम्पनीका सेयर र दुईवटा गाडी रहेको पनि विवरणम उल्लेख छ ।