विराट गोल्डकपको ३८औँ संस्करण आजदेखि सुरु


काठमाडौ ।

विराटनगरमा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण सुरु हुँदैछ। सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

११ वर्षपछि यी दुई टोली सो मैदानमा आमनेसामने हुन लागेका हुन्।

प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, आर्मी, पुलिस र एपीएफका साथै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीको सहभागिता रहनेछ।

वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।